ताजा अपडेट »

वैकल्पिक व्यवस्थाको माग गर्दै अनशन

शनिबार, ३२ जेठ २०७६, ११ : ५३
28 Shares

जेठ ३२,

बुटवल । श्री ३ बडामहारानीको जग्गामा विगत ४८ वर्षदेखि बस्दै आएका बासिन्दालाई बुटवल उपमहानगरपालिकाले डोजर लगाएर हटायपछि घरवार विहिन हुन पुगेकाहरु अनशनमा बसेका छन । संघर्ष समिति बुटवल १ को आयोजनामा विरोध तथा अनशन कार्यक्रम शनिवारदेखि शुरु गरेका छन ।

बुटवल उपमहानगरपालिका वडा नं १ स्थित जामे मस्जिद अगाडिको जग्गा तत्कालीन श्री ३ बडामहारानीको जग्गामा बसिरहेका १६ परिवारकालाई उपमहानगरले हटाउन विहिवार डोजर लगाएको हो । प्रहरी, नगरपालिकाका सुरक्षा कर्मी, कर्मचारी र जनप्रतिनिधीको उपस्थितीमा घरमा डोजर लगाउदा स्थानियमा रुवावासी मच्चिएको थियो ।

बुटवल उपमहानगरपालिका वडा नं १ स्थित साविक बिटौरी कित्ता नं ८३ को २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि आफूहरु बस्दै आएको भन्दै १६ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपूर्जां) दिन माग गरेका थिए । नगरपालिकाले वैकल्पीक व्यवस्था गर्न माग गदै पीडित परिवारले अनशन शुरु गरेको संघर्ष समितिका संयोजक हरि विश्वकर्माले बताए ।

उपमहानगरले गत बैशाख २५ गते ३५ दिने सूचना टांस गरी जग्गा खाली गर्न भनेपछि उनीहरुले वर्षौंदेखि बसोबास गरेका आधारमा सोही ठाउंमा बस्न पाउनुपर्ने र सरकारले लालपुर्जा दिनुपर्ने माग अघि सारेका हुन् । विहिवार नगरपालिकाले सुचना जारी गरेको ३६औ दिन पुगेको र उक्त जग्गामा वसेकाले खाली नगरेकाले डोजर लगाउनु परेको वडा अध्यक्ष महेन्द्र लिगले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।