ताजा अपडेट »

चितवनमा १६ वर्षीया किशोरी बलात्कृत

सोमबार, ०७ माघ २०७५, ०४ : ०४
6 Shares

माघ ७,

चितवन । चितवनमा एक चेपाङ किशोरी बलात्कृत भएकी छन् ।आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी हुन् ।चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा किशोरीको उद्धार गरिएको हो ।  

धादिङको गोठी बजारमा घरायसी सामान किनमेल गरेर १६ वर्षीया र १० वर्षीया चेपाङ बालिकाहरु घर फर्किँदै थिए । जंगलको बाटो हिँडिरहेको मौका छोपेर एक अपरिचित युवकले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको फाउन्डेसनले जनाएको छ । 

दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा बलात्कृत किशोरीलाई फेला पारेको थियो ।बलात्कृत किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।