ताजा अपडेट »

के स्कूलिङ र शिक्षा (एडुकेसन) एउटै हुन् ?

सोमबार, ३० चैत्र २०७७, १७ : ४३
64 Shares

क्रान्तिकारी कार्यक्रम वितरणको शिलसिलामा गान्धीको पहिलो प्रस्ताव थियो–शिक्षाका सबै औपचारिक संस्थालाई दुई वर्षका लागि बन्द गरौं । यो सडेको शिक्षा, विदेश पलायन हुन प्रेरित गर्ने शिक्षा, अव्यवहारिक शिक्षा नपढेर केही बिग्रिदैन । गान्धीको यो भनाईंसँग मिल्दोजुल्दो विचार उठ्ने गरेको पाईंन्छ आजकाल ।

ऐतिहासिक पृष्ठभूमि
केहि धार्मिक र केहि धर्म निरपेक्ष जस्ता धेरै कारणहरुले विश्वव्यापी र अनिवार्य शिक्षा भन्ने विचार उठ्यो र क्रमशः फैलिदै गयो । खासमा विश्वव्यापी शिक्षाको प्रेरणा प्रोटेस्टेन्ट धर्मको विकाससँगै भएको हो । त्यतिबेला शिक्षा भनेको घोकाउने, सिकाउने, पढाउने भन्ने बुझाई थियो । पछिमात्र केटाकेटीका लागि शिक्षण सिकाईको थलोका रुपमा स्कुलहरु विकास गरिए । १६ औं शताब्दिीको शुरु देखि १९ औं शताब्दीसम्म युरोपमा विश्वव्यापी, अनिवार्य सार्बजनिक शिक्षाको विचार र अभ्यास बिस्तारै विकास हुँदै गयो । नेपालमा भने २००७ सालको परिवर्तन पछिमात्र सार्बजनिक शिक्षाको ढोका खुलेको हो ।

अहिले अस्तित्वमा रहेको स्कूलिङ्ग प्रणाली बुझ्न ऐतिहासिक अवधारणा बुझ्न जरुरी हुन्छ । ऐतिहासिक विकासक्रमको आधारमा हेर्दा मानव सभ्यताको शुरुवात भएदेखि पछि हजारौं बर्षसम्म केटाकेटीहरु स्वनिर्देशित खेल, मनमौजी रमाइलो र खोजबाट आफै शिक्षित हुन्थे । विद्यालय प्रणाली पछि विकसित भएको अवधारणा हो । कृषि युगको शुरुवात हुनुभन्दा अघि फिरन्ते शिकारी युग थियो । शिकारी युगमा केटाकेटीहरु खेल्दै रमाउँदै र स्वच्छन्द विचरण गर्दै ज्ञान आर्जन गर्थे भन्ने थुप्रै यस्ता प्रमाण भेटिन्छन्् मानवशास्त्रमा । उनिहरुले वयश्क हुँदा आवश्यक पर्ने सीप आपैm सिक्थे । अभिभावकहरुले उनीहरुलाइ स्वतन्त्र विचरण गर्न छोडिदिन्थे । कृषि युगको शुरुवात र पछि औद्योगिक युगसम्म आइपुग्दा उनीहरु बँधुवा मजदुर भए ।

शिकारी युगमा जीवनशैली सिप र ज्ञान केन्द्रित थियो । कृषि युग (करिब दश हजार बर्ष पहिले) प्रारम्भ भएपछि भुने मान्छेको जिउँने तरिकामा व्यापक बदलाव आयो । मानवशास्त्रीहरुका अनुसार शिकारी युगका मान्छेहरु समुहमा काम गर्थे । खेलेको हो या काम गरेको पत्तो नै हुन्थेन । सम्पूर्ण जीवन नै खेलको रुपमा रहन्थ्यो । फिरन्ते भएर कन्दमुल र शिकारको खोजिमा हिंड्दा उनीहरुमा रुखबिरुवा र जनावर, भू–बनोट आदिका बारेमा अथाह ज्ञान मिल्थ्यो । औजारहरु निर्माण गर्न र कन्दमुल संकलन गर्न सिप चाहिन्थ्यो । लामो समय काममा जोतिनु पर्थेन । जे काम गर्थे त्यो रोमाञ्चक र उत्साहप्रद हुन्थ्यो ।

कृषि युगको प्रारम्भ भएपछि अवस्था परिवर्तन भयो । मानिसहरु स्थायी वासस्थानमा बस्न थाले । खेतिपाती र पशुपालन सुरु भयो । खेती किसानीबाट प्राप्त आयआर्जन नै मुख्य सम्पति हुन्थ्योे । खेतिपातीमा तुलनात्मकरुपले अदक्ष कामदार भएपनि काम चल्ने भयो तर समय भने धेरै दिनु पथ्र्यो । यसका लागि बालबालिका उपयुक्त ठहरिए । केटाकेटीहरुको जीवन क्रमशः आफ्नो चाहना र रुचि पुरा गर्ने स्वतन्त्रता वा आजकालको भाषामा ‘बिन्दास’ रमाउने समय कटौती हुँदै गयो । काममा अलिबढी समय दिनुपर्यो । परिवारको सहयोगमा समय दिनुपथ्र्यो । सामन्ती मध्ययुगमा त मालिकबाट चरम शारीरिक सजाय समेत पाउँथे केटाकेटीहरुले ।

उद्योग कलकारखानाको विकाससँगै नयाँ बुर्जुवा बर्गको उदय भयो । सामन्तवाद छायाँमा पर्दै गयो । अझैपनि बालबालिकाको जीवनमा खासै परिवर्तन भएन । व्यापारी र साहुमहाजनलाई पनि थोरै भन्दा थोरै ज्यालामा काम लगाउने श्रमिक चाहियो । मात्र बाँच्नका लागि बालबालिकाहरु हप्ताको सातै दिन १७÷१८ घण्टासम्म काममा खट्थे । खेतबारीमा काम गर्दा त कमसेकम उनीहरुले घामको उज्यालो भेट्थे, स्वच्छ हावा पाउँथे र केहि खेल्ने अवसर पनि पाउँथे । बालश्रम अब खेतबारिबाट अलि अँध्यारा, भिडभाडयुक्त, फोहोरा कारखानामा स¥यो ।

बेलायतमा कारखानामा काम गर्ने हजारौं केटाकेटीहरुलाई दास जस्तै व्यवहार गरिन्थ्यो । रोग, भोक र कामको अत्यधिक बोझले हजारौंले ज्यान गुमाउन बाध्य हुन्थे । १९औं शताब्दीमा आएर बल्ल बेलायतले बालश्रम रोक्ने कानुन पास ग¥यो । ९ बर्ष भन्दा कम उमेरकालाई काममा लगाउन प्रतिबन्ध गरियो ।

आधुनिक शिक्षा बहस–के स्कूलिङ र शिक्षा (एडुकेसन) एउटै हुन् ?
स्कुलिङ्ग औपचारिक रुपमा विद्यालयमा गएर शिक्षित हुने प्रकृया हो । कुनै विद्या सिकाउने वा सिक्ने क्रिया हो । पुस्तक वा शिक्षकको माध्यमद्धारा प्राप्त हुने वाला विद्या, ज्ञान, तालिम हो । तर शिक्षाको क्षेत्र यो भन्दा अलि व्यापक हुन्छ । यो थ्रि आर अव एडुकेसन–रिड, रिसाइट र रिभ्यू मात्र होईन । शिक्षाले सिकारुको चारित्रिक र मानसिक शक्तिको विकासमा सहयोग गर्छ । तर यतिबेला सुगा रटाई खालको शिक्षा प्रवद्र्धन भैरहेको छ । शिक्षकको सफलता कुनै प्रश्न सोध्ने र विद्यार्थीले केहि सेचविचार नै नगरी तुरुन्तै त्यसको उत्तर दिनुलाई मानिै आएको छ ।

अहिले विश्वव्यापिरुपमा सबैजसो केटाकेटीलाई नोट वा किताब घोकाएर पढाउने गरिन्छ । विद्यालयमा बालबालिकाहरुलाई उमेर अनुसारको समूहकम बिभाजन गरेर कक्षाकोठामा राखिन्छ । जहाँ एउटा शिक्षक र लेख्ने सेतो वा कालो पाटी हुन्छ र केटाकेटीहरुलाई त्यहाँ कसरी परिक्षा पास गर्ने, उच्च अंक÷ग्रेड ल्याउने भनेर पढाईंन्छ । यस्तो अभ्यासको विकास हुनुमा संयुक्त राष्ट्र संघले अघि सारेको नीति जिम्मेवार रहेको भनेर अहिले केही शिक्षाविदले बहस उठाएका छन् । हाम्रा विद्यालयहरुमा बालबालिकाहरुलाई मात्र पाठ पढ्न र लेख्न सिकाईंन्छ त्यो पनि असफलरुपमा । आधारभूत विज्ञान,गणीत, इतिहास र भूगोल पढाईंन्छ । यो अधुरो र अपर्याप्त छ । यतिले मात्र बालबालिकाको सर्वाङ्गिण विकास हुन्न । उनिहरु भविष्यमा खुशी र सुखी बन्न सक्दैनन्स/केका छैनन् ।

निम्न कुराहरु विद्यालय तहको शिक्षामा सिकाउन जरुरी हुन्छ:
असल बानी व्यबहार र जीवनोपयोगी सीपहरु जस्तै समालोचनात्मक चिन्तन, स्व–नियन्त्रण, धैर्यता, सिर्जनशिलता, भविश्यको योजना निर्माण, ठिकबेठिक छुट्याउन सक्ने र मोबाईल/ईन्टरनेट जस्ता आधुनिक प्रविधिको उचित एवम् सही प्रयोग आदी । जीवन मूल्य सीप–संचार, सामाजिक चेतना, वार्ता, इमान्दारिता, उपयुक्त सन्दर्भमा प्रतिस्पर्धा सँगसँगै सहकार्य गर्ने संस्कार आदी । समृद्ध जीवनका लागी आवश्यक सीप–संगीत, खेलकुद, हस्तकला, नृत्य, पककला, कविता÷कथा वाचन । लामो पहाडी यात्रा (हाईकिङ्ग), कसैलाई पढ्न सहयोग गर्नु आदी । यस्ता कृयाकलापले व्यक्तिको जीवन समृद्ध बनाउन सहयोग पुग्छ ।

यि कुराहरु सिक्न कुनै शिक्षक वा कक्षाकोठाबाट मात्र सम्भव हुँदैन । यि त जीवनको वास्तविक अनुभवका दौरान सिकिने कुरा हुन् । अरुसँगको सहकार्य वा कहिलेकाहीं एक्लै पनि कसैको गाइड र परामर्शबाट सिकिने कुराहरु हुन् । न कि प्रश्नकोे सही उत्तर घोकेर, लेखेर वा पाठ पढेर नै । विद्यालय प्रणालीमा धेरै भन्दा धेरै विद्यार्थी घण्टौंसम्म कक्षाकोठामा राखेर परीक्षामा कसरी उत्कृष्ट अंक प्राप्त गर्ने भनेर रटान लगाउन सिकाईने गरेको छ । त्यसैगरी अभिभावक र समाजले पनि जेजे कुरा स्कुलमा हुन्छन् त्यही नै ‘शिक्षा’ हो भनेर बुझ्ने गर्छन् । उनीहरुलाई बालबालिकाको विकासमा आफ्नो पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुराको ख्याल छैन् ।

‘धावन्ति खेती घोकन्ति विद्या’ भन्ने नीतिवचन आजभन्दा सय बर्षअघि निकै उपयोगी थियो । जतिबेला थोरैमात्र पाठशाला थिए । चाहेजति पुस्तक उपलब्ध थिएनन् । पढाइ श्रुति परम्परामा आधारित थियो । गुरुले जे घोकायो त्यो नजानी विकल्पै थिएन । नेपालमा मात्रै होइन संसारभरी नै आधारभूत कुरा घोकाउने प्रवृत्ति छ अहिलेपनि । यसो गर्दा बालबालिकालाई मानसिक बोझमात्र हुन्छ । पढाइ निरश हुन्छ । त्यसैले त बालबालिकाहरु स्कुल छुट्टी हुँदा वा अकस्मात विद्यालय बन्द हुँदा रमाउने गर्छन् । स्कुल जानै नपरे हुँदो हो भनेजस्तो व्यवहार देखाउँछन् । सरोकारवाला सबै अब हाम्रो सार्बजनिक विद्यालय शिक्षा कस्तो हुनुपर्छ भनेर विमर्शमा जुट्ने कि ?

https://www.globalaawaj.com/archives/91799
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।