ताजा अपडेट »

हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने

सोमबार, ३० चैत्र २०७७, १७ : १०
4 Shares

काठमाण्डौं । मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यबद्धतास्वरुप थालेको अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

समाजको नुवाकोटमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिए । समाजले बर्मामा भइरहेको हत्या र दमनविरुद्ध नुवाकोटको सदरमुकाम विदुरमा प्रदर्शनसमेत गरेको छ । समाजको नुवाकोट शाखाले चैत २३ गतेदेखि शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विश्व शान्ति, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा केन्द्रित रही छ वटा शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम, साङ्केतिक रुपमा नगर तथा नदी सफाइ, शान्ति काव्य प्रवाह र दण्डहीनताविरुद्ध अन्तक्र्रिया कार्यक्रम गरेको उनले बताए ।

अन्तक्र्रियामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, सचिव रामप्रसाद जोशी, नुवाकोट सभापति नारायण श्रेष्ठलगायतले शान्ति, लोकतन्त्र र न्यायपूर्ण सामाजिक व्यवस्थाका लागि निरन्तर अभियान चलाउने प्रतिबद्धता जनाउनुभएको थियो । समाज केन्द्रीय कार्यसमिति बैठकले सल्लाहकारमा समाजका पूर्व सभापति होमकान्त चौलागाँईलाई नियुक्त गरेको छ भने पूर्व सभापति उत्तम पुडासैनी पदेन सल्लाहकार छन् ।

रासस
लेखकको बारेमा
रासस