ताजा अपडेट »

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा सिरहा घटनाप्रति प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सोमबार, ३० चैत्र २०७७, १३ : ४८
4 Shares

बुटवल । सिद्धार्थनगर सुनचाँदी संघले सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या भएको घटना प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघका अध्यक्ष प्रकाशमणि विश्वकमाको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो घटनामा संग्लन लुटेराहरूको समुहलाई तत्काल पहिचान गरी कारवाही गर्न माग गरेको छ ।

‘सिद्धार्थनगर नगरपालिकाको अति ब्यस्त बजार बैक रोडमा भएको चोरी घटनाको अपराधिहरुलाई पत्ता लगाउन सकिएको छैन । यस्तैगगरी भैरहवा कै बैक रोडमा फलामको तिजोरी सहित चोरि हुदाँ पनि चोर हालसम्म पक्राउ गर्न सकिएको छैन, यस्तै गरि भैरहवा मिलनचोकमा भएको करोडौं को सुन पसलको पनि चोरि हुँदा समेत चोर पत्ता लागेको छैन् ।’-प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ । यस्तदिनानुदिन चोरी हुने लुटपाटहुने व्यवसायीहरु मारिने अवस्था रहेमा पसल व्यवसाय बन्द गरि आन्दोलनको मैदानमा उत्रन बाध्य रहेने अवस्था रहने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

शनिवार राती लुटेरा समूहले सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका थिए । सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएकी छिन् ।

https://www.globalaawaj.com/archives/97593?fbclid=IwAR093uBpBosSmA3gsrtKJ9Xi7K2DslBiEARKQcWRGWOa_tS0JziTUyRmRco
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।