ताजा अपडेट »

पोषण साझेदार संस्थाहरुबीच समन्वय गरी प्रभावकारी कार्यक्रम तय गर्न जोड

सोमबार, ३० चैत्र २०७७, १३ : १९
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पोषण साझेदार संस्थाहरुलाई तथ्याङ्क संकलन प्रभावकारी बनाई कार्यक्रमहरु कार्यान्वयन थप उपलब्धिमूलक बनाउन आग्रह गरेका छन् । महिला बालबालिका तथा पोषण सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएका संस्थाहरु बीच स्वास्थ्य निर्देशनालयले आयोजना गरेको बैठकमा सहभागी हुँदै उनले कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।

युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमद्वारा बुटवलमा आयोजित बैठकमा विशेष सहभागीता जनाउँदै बरालले साझेदार संस्थाहरु बीच समन्वय गरी कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे । प्रदेशमा पोषणका क्षेत्रमा काम गरिरहेका साझेदार संस्थाहरुले प्रस्तुत गरेका कार्योजना तथा कार्यपत्रमाथि छलफल गर्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले कुपोषण हटाउन जनताले प्रत्येक्ष अनुभूति गर्ने गरी काम गर्न आग्रह गरे । स्वास्थ्य निर्देशनालय र साझेदार संस्थाहरु बीचको समन्वयले क्रार्यक्रमहरु थप प्रभावकारी हुने बताउँदै उनले त्यस प्रकारका कार्यक्रमहरु ल्याउन आग्रह समेत गरे ।

कार्यक्रममा सुआहारा नेपालको डेपुटी चिफ पुजा पाण्डेले स्थानीय स्तरमा संस्थाले पोषण सम्बन्धि सञ्चालन गरेका कार्यक्रम तथा कार्योजना बारे जानकारी गराएकी थिइन् । नेपाल जनसाङ्खिक स्वास्थ्य सर्भेक्षण, २०१६ अनुसार लुम्बिनी प्रदेशमा ५ बर्षमुनीका करिब ३९ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन र २७ प्रतिशतमा कमतौलको समस्या रहेको उनले जानकारी गराइन् । यसैगरी ६ देखि ५९ महिनाका ५३ प्रतिशत बालबालिका र १५ देखि ४९ बर्षका ४४ प्रतिशत महिलामा रक्तअल्पता रहेको पाण्डेले बताइन् । यो अवस्था नेपाल तथा विश्वा स्वास्थ्य संगठनले तोकेको औसातभन्दा बढी हो । सरकारले पोषण क्षेत्रमा गरिएका प्रयासहरुलाई अझ प्रभावकारी वनाउनका लागि तथ्यांकमा आधारित भएर वार्षिक कार्यक्रम तय गर्नु पर्ने उनको सुझाब थियो ।

प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसाल, लुम्बिनी प्रदेशका वरिष्ठ जन स्वास्थ्य प्रशासक रोशनलाल चौधरी तथा साझेदार संस्थाका प्रतिनिधिहरु उपस्थित बैठकमा पोषण साझेदारहरुकोे आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएका कार्यक्रमहरुको समीक्षा गरिएको थियो । यसैगरी प्रदेश तथा स्थानीय तहको पोषण प्रोफाईल प्रस्तुत प्रस्तुत गर्नुका साथै प्रदेश तथा स्थानीय तहमा कुपोषण अवस्था मापन तथा विश्लेषणको खाका तथा कार्ययोजना तयार पार्न छलफल भएको थियो । सुआहारा कार्यक्रमले समुदाय स्तरमा गरेका पोषण सम्बन्धि कार्यक्रमहरु बारे जानकारी गराइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।