ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु

सोमबार, ३० चैत्र २०७७, ११ : १०
4 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्तालद्वारा सञ्चालित बुटवलको धागो कारखानामा रहेको कोराना विशेष अस्पतालमा सोमबार विहान ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला, कपिलबस्तुको वाणगंगा नगरपालिका–३ का ७९ वर्षीय पुरुष र अर्घाखाँचीको मालारानी गाउँपालिका–५ की ७९ वर्षीय महिला रहेको लुम्बिनी प्रादेशिक अस्तालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

तिलोत्तमाकी संक्रमित महिलामा चैत २१ कोरोना रिपोर्ट पोजेटिभ आई २३ गते कोरोना अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै कपिलबस्तुका संक्रमित पुरुषको चैत्र २७ गते कोरोना रिपार्ट पोजेटिभ आएको थियो भने उनीलाई सोही दिन नै कोरोना अस्तालमा भर्ना गरिएको थियो । अर्घाखाँचीकी ती संक्रमित महिलाको पनि २७ गते कोरोना रिपोर्ट पोजेटिभ आई सोही दिन कोरोना अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।