२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

जेठ ३१, काठमाण्डौं । संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटि भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको हो।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो। त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कार्वाही गर्न सिफारिस गरेको हो। दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कार्वाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ।

समितिले सो पुलको पुन डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ। बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले सो पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। उनले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि सो पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पारे। पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो। यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने काम गरिरहेको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै