ताजा अपडेट »

एक महिनाभित्र कर्मचारी समायोजन गर्ने तयारी

सोमबार, ०७ माघ २०७५, ०३ : ५९
4 Shares

काठमाडौं । सरकारले एक महिना भित्र सक्ने लक्ष्य सहित कर्मचारी समायोजनको तयारी अघि बढाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गते भित्र सक्ने गरी समायोजनको तयारी अघि बढाइएको हो । सरकारले समायोजन फाराम भर्न दिएको समयावधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाएको बताइएको छ । 

एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरू गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती किताबखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।फारम नभर्ने कर्मचारीको जेष्ठता लगायत हेरेर समायोजन गरिने उनले बताए ।खटाएको पत्र लिएर २१ दिनसम्म सिंहदबारमै बसेर फिल्डमा नजाने कर्मचारीलाई पनि कारवाही गर्ने मन्त्रालयले जनाएको छ । सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई घर बिदा वा निलम्बन गर्ने समेत सरकारले तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।- नेपाल समाचारपत्र दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।