ताजा अपडेट »

युएई नेपाल श्रम सम्झौता: समान तलa

शुक्रबार, ३१ जेठ २०७६, १४ : ५७
6 Shares

जेठ ३१ बुटवल । आज हुँदैगरेको युएई र नेपाल बीचको श्रम सम्झौताले नेपाली कामदारलाई थप सुरक्षीत र सस्तो रोजगार गन्तव्य बन्ने आसा गरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच नयाँ श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ) को १०८ औं शतवार्षिकीका अवसरमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले श्रम सम्झौतामा हस्ताक्षर गर्नेछन् ।


केही हप्ताअघि युएईसँग नयाँ श्रम सम्झौताबारे छलफल गर्न नेपाली टोली युएई पुगेको थियो । उक्त टोलीले सम्झौता पत्रको मस्यौदामाथि छलफल गरी अन्तिम टुंगो लगाएसँगै आज दुईपक्षले हस्ताक्षर गर्न गइरहेका छन् । सन् २००७ मा समेत नेपाल र युएईबीच श्रम सम्झौता भएको थियो । तर उक्त सम्झौता प्रभावकारी हुन सकेको थिएन । पुरानो सम्झौतालाई प्रतिस्थापन गर्ने गरी नयाँ ल्याउन लागिएको हो ।


नयाँ सम्झौता अनुसार नेपाली कामदारले आईएलओको मापदण्ड अनुसार युएईमा गएर काम गर्न पाउने छन् । अबदेखि नेपालीहरु युएईमा निशुल्क जान पाउनेछन् । नयाँ सम्झौतामा भिसा तथा टिकटलगायत सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने भनेर उल्लेख गरिएको छ । महिला कामदारको हकहित, श्रमिक सुविधा र सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । युएईमा काम गर्ने नेपाली श्रमिकले त्यहाँका नागरिक सरह सेवा, सुविधा र तलब पाउने छन् । कामदारले आफ्नो राहदानी आफैँसँग राख्न पाउनेछन् । कार्यस्थलमा हुने दुर्घटनाका लागि दुर्घटना बिमा एवं निशुल्क उपचारको व्यवस्था तथा कामदारले बिरामी तथा आकस्मिक बिदा पाउने व्यवस्था गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।