ताजा अपडेट »

सैनामैनामा कृषि उपजका लागि पहिलो शित भण्डारण गृह

आइतबार, २९ चैत्र २०७७, १३ : ३९
6 Shares

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले शित भण्डारण गृहको निर्माण सुरु गरेको छ । नगरको कृषि बिकास तथा बजारीकणमा टेवा पुग्नेगरी कृषि बजार पुर्वधार निर्माण अन्तर भण्डारण गृहको निर्माण थालिएको हो ।

सैनामैना–३ मा निर्माण हुने शित भण्डारको आइतबार नगर प्रमुख चित्रबहादुर कार्कीले शिलान्यस गरेका छन् । कृषकहरुलाई सहज र सुबिधा पुर्याउने उद्देश्यले शित भण्डार निर्माण सुरु गरिएको उनले बताए । सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर बिभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको बताउँदै उनले नगरका कृषक लक्षित ११ वटै वडामा कृषि पाठशाला संचालन भएको जानकारी समेत गराए । यसैगरी कृषकहरुलाई हाते टेक्टर वितरण, अनुदानमा बिउ वितरण तथा पूर्वाधारण निर्माणलाई जोड दिइएको उनले बताए ।

२३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाई सहित निर्माण गरिने भण्डार गृह पूर्ण बन्द प्रविधिको हुने सैनामैनाका प्राविधिक प्रदिप गिरीले बताए । पहिलो चरणमा ६५ लाख ५१ हजार रुपैयाँ लागत अनुमान गरिएको भण्डार गृहको निर्माणको जिम्मा श्री लक्ष्मी एण्ड सुजल निर्माण सेवाले प्राप्त गरेको छ । कम्पनीले यस वर्ष पहिलो चरणको सिविल वर्कको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

यही चैत ९ गते ठेक्का सम्झौता भएको योजनाको २०७८ असार १५ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । कुल १ करोड ९६ लाख लागत अनुमान गरिएको शित भण्डारको दोस्रो चरणको काम अन्तरगत इलेक्ट्रीकल, मेकानिकल र रेफ्रीरेशनको काम हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।