२ जेष्ठ २०७९, सोमबार

May 16, 2022


Advertisement

ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणमा इरान संलग्न भएको अमेरिकाको आरोप इरानी पक्षले अस्वीकार गरेको छ। अमेरिकी विदेशमन्त्रीले गोप्य सूचनाको आधारमा र आक्रमणको प्रकृति हेर्दा यो घटनामा इरानको हात रहेको बताएका छन्। तर उनले कुनै प्रमाण भने देखाएका छैनन्।

ओमानको खाडी तेल ट्याङ्करहरूको आवतजावत हुने एउटा प्रमुख रणनीतिक जलमार्ग हो। त्यहाँ दुईवटा तेल ट्याङ्करमाथि आक्रमण भएपछि अमेरिकाले त्यसका लागि इरानलाई जिम्मेवार भएको दाबी गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी आकलन “गोप्य सूचना, आक्रमणमा प्रयोग गरिएका हतियार र अन्य कारणमा आधारित” भएको बताए।

तर इरानले त्यो आरोप आधारहीन रहेको बताएको छ। एक इरानी अधिकारीले ती आक्रमणसँग “इरानको कुनै सम्बन्ध नभएको” बताए। माइक पोम्पेओ भन्छन्, “बिनसित्ति गरिएका आक्रमण शान्ति र सुरक्षालाई चुनौती” जापानी स्वामित्वको कोकुका करेजस र नर्वेली स्वामित्वको फ्रन्ट अल्टेअरमा आक्रमण भएलगत्तै ट्याङ्करहरूमा रहेका चालकदलका सदस्यहरूको उद्धार गरिएको थियो। इरान र अमेरिका दुवैले आफूले चालक दलको उद्धार गरेको दाबी गरेका छन्।

सीधै खाडीको द्वन्द्वमा होमिन नचाहेको बताउने अमेरिका आफ्नो स्वार्थको रक्षा गर्ने पक्षमा छ। इरानले ट्याङ्कर आक्रमणमा आफ्नो संलग्नता नभएको बताउँदै ती आक्रमण शङ्कास्पद भएको जनाएको छ। शुक्रवार राष्ट्रसङ्घस्थित इरानी नियोगले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “इरान १३ जुनमा तेल ट्याङ्ककरहरूमा भएको घटनाका सम्बन्धमा अमेरिकाले गरेका आधारहीन दाबीलाई अस्वीकार गर्छ र ती आक्रमणको भर्त्सना गर्छ।”

अहिले ट्याङ्करमा आक्रमणको समाचार आएपछि तेलको मूल्य चार प्रतिशतले बढेको छ। त्यसै क्षेत्रमा गत महिना चारवटा तेल ट्याङ्करमाथि आक्रमण भएको थियो। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणसँग सम्बन्धित तथ्य बाहिर आउनुपर्ने बताउँदै खाडी क्षेत्रमा तनाव अझै बढ्न सक्ने चेतावनी दिएका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा देवदह–२ मा एमालेका रास्कोटी प्यानलसहित विजयी