ताजा अपडेट »

कोरोनाको जोखिम पुनः बढेपछि रुपन्देही प्रशासनको सतर्कता

शनिबार, २८ चैत्र २०७७, १६ : २२
6 Shares

भैरहवा । भारतमा कोभिड जोखिम बढ्दै जाँदा सीमा नाका बेलहियामा सतर्कता बढाइएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले सीमामा थप सर्तकता अपनाउने निर्णय गरेसंगै अहिले बेलहिया हुँदै नेपाल भित्रिने यात्रुहरुलाई चेकजाँच बढाईएको छ । नेपाल भित्रिने प्रत्येक यात्रुहरुको ज्वरो मापन गर्ने र शंका लागेकालाई एन्टिजेन परिक्षणको ब्यवस्था समेत सीमामै मिलाईएको छ । एन्टिजेनबाट रिपोर्ट पोजिटिभ देखिए त्यसको ब्यवस्थापन कोभिड बिशेष अस्पतालमा गर्ने ब्यवस्था रहेको डिसीसीएमसीको भनाई छ ।

भारतको दिल्लमिा अहिले कोभिडको नया भ्यारिएन्ट देखिन थालेपछि भारतबाट आउने नेपालीहरुको ट्राभल हिष्ट्रीको समेत अभिलेख राख्न थालिएको छ । भारतमा लामो समय रहेका नेपालीहरु पनि नेपाल आउदा उनिहरुलाई ७२ घण्टाको नेगेटिभ रहेको आरटिपिसिआर देखाउनु पर्ने ब्यवस्था गरिएको छ । सीमामा मै हेल्थ डेस्क राखि शंकास्पदको स्वाब लिने र उनिहरुको एन्टिजेन प्रविधिबाट चेकजाँच हुदै नेपाल भित्र्याउने ब्यवस्था रहेको छ । प्रमुख जिल्ला अधिकारी तामाङ्गले कोभिड १९ र यसको नया भेरिएन्ट रोकथाम र नियन्त्रण गर्नको लागी राज्यले अवलम्बन गरेका नितिलाई केन्द्रमा राख्दै रुपन्देहीमा २ वटा रणनिति अवलम्बन गरिएको बताए । पहिलो सीमा नाका ब्यवस्थापन र अर्को आन्तरिक नियन्त्रण प्रणाली सुदृढिकरण गर्ने रहेको छ । सीमा नाका ब्यवस्थापनको लागी पनि ४ वटा कार्यनिति रहेको उनले बताए ।

जस अन्र्तगत रुपन्देहीको करिब ६० किलोमिटर सीमामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको सघन रुपमा परिचालन गरि अनाधिकृत आवागमन रोक्ने योजना रहेको छ । “यस्तै अर्को कार्यनिति भनेको बेलहिया नाकाबाट नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार हामीले हेल्थ डेस्कको स्थापन गरेका छौं । त्यसमा ब्यक्तिको तापक्रम लिई शंकास्पद भए आरडिटी मलेरिया र एन्टिजेन परिक्षण गरि रहेका छौं ।” तामाङ्गले भने यस्तै बाहिरबाट आएका नागरिकको ट्राभल हिष्ट्रि सहितको अभिलेख ब्यवस्थापन गरिएको उनले बताए । र न्यू भेरिएन्ट क्षेत्रबाट आएका नागरिकलाई आरटिपिसिआर बिना नेपाल छिर्न नदिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनले अहिले देखिएको मूख्य समस्या भनेको होल्डिङ क्षेत्र रहेको बताए ।

“अहिले होल्डिङ क्षेत्र राम्रो भएको छैन, यसलाई राम्रो बनाउने प्रयत्न गर्दैछौं ।” तामाङ्गले भने ।आन्तरिक नियन्त्रण प्रणाली अन्र्तगत ४ वटा कार्यनिति तयार भएका छन् । परिक्षणलाई पहिलो प्राथमिकतामा राख्दै स्क्रिनिङ सेन्टर बढाईएको छ । कोभिडको परिक्षण नै नगर्ने अवश्थाको अन्त्य गर्नको लागी भिम अस्पतालमा कमसे कम ५ शैयाको भए पनि स्क्रिनिङ सेन्टरको स्थापना गर्ने लक्ष्य रहेको छ । यस्तै अन्य परिक्षणको लागी यस अघि नै स्थानिय तहहरुमा रहेको संयन्त्रलाई मजबुत रुपमा परिचालन गरिने छ ।

यस अन्र्तगत शंकास्पद रुपमा रहेकालाई परिक्षणको दायरामा ल्याउने र संक्रमण नियन्त्रणमा सहयोग पुग्ने लक्ष्य रहेको प्रजिअले बताए । यस्तै स्थानिय पालिका र नगरपालिकाले आफ्नो क्षेत्रमा क्वारेन्टाईनको ब्यवस्था गर्ने र आईसोलेसनको हकमा यस अघि नै रहेका होम आईसोलेसन, होटल आईसोलेसन र यस अघि रहेको धागो कारखानालाई आईसोलेसनको रुपमा प्रयोग गरिने छ । उसको साथै उपचारको लागी भिम अस्पताल, प्रादेशिक अस्पतालको साथै अन्य पालिकामा मेडिकल अधिकृत सहित रहेका स्वास्थ्य चौकीहरुमा कोभिडको उपचार गर्ने निर्णय भएको छ । यसको साथै भैरहवामा रहेका मेडिकल कलेजलाई पनि प्रयोग गर्न मिल्ने गरि नेपाल सरकारलाई अनुरोध गर्ने योजना रहेको तामाङ्गले बताए ।

साथै डिसीसीएमसीले मूख्य कुरा भनेको आम नागरिकलाई सचेत गराउनु नै रहेकोले नागरिकले कोभिडको बारेमा बुझेका कुरालाई ब्यवहारमा उतार्न आव्हान गरेको छ । यसको साथै नेपाल भारत सीमामा रहेका ग्रामीण क्षेत्रमा पनि शसस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्थानिय पालिकाको समन्वयमा सीमा समन्वय समिति बनाएर सीमामा निगरानी बढाउने काम सुरु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिए । यस अघि डिसीसीएमसीले भिडभाड हुन नदिने गरि गरेको निर्णयलाई पनि अब कडाईको रुपमा पालन गर्न लगाईने उनले जनाए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा