६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

जेठ ३१, काठमाण्डौं । करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्‍यो । यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको तुलनामा अहिले पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य साढे २ रुपैयाँले घटेको छ । 

Advertisement

यातायात व्यवसायीले करोडौँ रुपैयाँ परिचालन गरी विभागलाई भाडा बढाउन लगाएका थिए । तर, भाडा वृद्धि नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हस्तक्षेप गरेका कारण ५ घन्टापछि बेलुका ८ बजे नै भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्च स्रोतका अनुसार विभागले मन्त्रालयलाई भाडा वृद्धिबारे जानकारी नै गराएको थिएन । ‘भाडा वृद्धिबारे निर्णय लिन सक्ने अधिकार विभागलाई छ, तर औचित्यविना नै बढाएकाले मन्त्रालयले हस्तक्षेप गरी निर्णयलाई तत्काल रोक्न निर्देशन दियो,’ मन्त्रालयका  एक अधिकारीले बताए । हठात् यस्तो निर्णय आउनुमा आर्थिक चलखेलको आशंका गरेको ती अधिकारीको भनाइ छ । 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने मन्त्रालयको नीतिगत सहमति लिएर भाडा वृद्धिको निर्णय गरेको भए पनि पछि फिर्ता गर्न निर्देशन आएको जानकारी दिए । 

अन्य दुई निर्णय पनि फिर्ता 

भाडा वृद्धिसँगै यातायात व्यवस्था विभागले १ असारदेखि काठमाडौं उपत्यकाभरि राति ९ बजेपछि रात्रिबस सञ्चालन गरिने निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा राति ९ बजेपछि विभिन्न रुटमा बस सञ्चालन सुरु गरिने सूचनासमेत सार्वजनिक गरेको थियो । तर, मन्त्रालयको हस्तक्षेपपछि यो निर्णय पनि फिर्ता लिएको छ ।  

यातायात व्यवस्था विभागले १ असारदेखि काठमाडौं उपत्यकाको चक्रपथभित्र बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मालबाहक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यो निर्णयले कूटनीतिक र हवाई सेवाका ढुवानीबाहेक साना–ठूला सबै प्रकारका मालबाहक सवारी प्रभावित हुने थिए । दूध, पानीजस्ता अत्यावश्यक सामानको ढुवानीमा समेत प्रतिबन्ध लगाइएको थियो । तर, यो निर्णय पनि बेलुका फिर्ता लिइएको छ ।  

व्यवसायीको दबाबमा बढेको थियो भाडा 
२७ वर्षदेखि (०४९–०७६) वर्षदेखि यातायात क्षेत्रमा एकछत्र सिन्डिकेटको राज चलाएका यातायात व्यवसायीले भाडा वृद्धिका लागि सरकारलाई दबाद दिँदै आएका थिए । उनीहरूले हरेक वर्ष दसैं–तिहारको मौका पारेर भाडा वृद्धि नगरे सवारी ठप्प पार्ने चेतावनी दिने र सरकार बाध्य भएर भाडा वृद्धि गर्दै आइरहेको थियो । गैरसरकारी संस्थाका रूपमा यातायत समिति दर्ता गरेर आफूअनुकूल निर्णय गराउँदै आएका यातायात व्यवसायी यही १८ जेठदेखि कम्पनीमा दर्ता भइरहेका छन् । तर, मन्त्रीदेखि विभागका महानिर्देशकसम्मलाई वैज्ञानिक विधिअनुसार भाडा समायोजनका लागि दबाब तथा ‘धम्की’ दिँदै आएका थिए । उनीहरूकै दबाब थेग्न नसकेर भाडा वृद्धि गर्ने निर्णय विभागले गरेको यातायात क्षेत्रसम्बद्ध  अधिकारीहरूको भनाइ छ । 

तर, यातायात विभाग भने व्यवसायीको दबाबले भाडा वृद्धि नभएको दाबी गर्छ । ‘व्यवसायीले भाडा बढेन भनेर धेरैपटक भन्दै आएको भने सही हो,’ विभागका महानिर्देशक दाहालले भने । सबैतिरबाट गुनासो भए पनि यसपटक कसैको दबाबमा नभई स्वतन्त्र रूपमा भाडा वृद्धि  गरेको उनको भनाइ छ । 

-जीवन बस्नेत/ साभार

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो