ताजा अपडेट »

पेस्तोल सहित ३ युवा पक्राउ

शुक्रबार, ३१ जेठ २०७६, ११ : १५
6 Shares

जेठ ३१, बुटवल । प्रहरीले गएराति सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोली सहित ३ युवालाई पक्राउ गरेको छ । पछिल्लो समयमा सैनामैना, बुटवल सहित बिभिन्न स्थानमा चोरी र लुटपाटमा सम्लग्न भएको आशंकामा प्रहरीले गएराति उनीहरु बस्ने गाउमा खोजतलास गनैक्रममा पक्राउ गरेको हो ।


गएराति पनि प्रहरी खोजतालासका लागि गाउमा जादा अन्यत्रबाट फर्कदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
सैनामैना नगरपालिका वडा नम्वर ६ का २० वर्षिय सुरज दर्जी र अर्जुन मुसहर तथा २२ बर्षिय मनिष परियारलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ गरीएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक उमेशराज मैनालीले जानकारी दिनु भयो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।