ताजा अपडेट »

भगौडा व्यापारी नीरव मोदी र विजय माल्यालाई जेलको एउटै कोठामा

विहीबार, ३० जेठ २०७६, १८ : ०६
4 Shares

जेठ ३०, काठमाण्डौं । भारतका भगौडा भनिएका (बैंक करप्ट) व्यापारी नीरव मोदी र विजय माल्यालाई बेलायतबाट भारत ल्याउने तयारी भईरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

उनीहरुलाई भारत ल्याएर मुंबइस्थित आर्थर रोडमा अवस्थित जेलमा राख्ने तयारी भ ईरहेको छ । उनीहरु दुवैलाई जेलमा एउटै कोठामा राखिने भएको छ । त्यसका लागि जेल प्रशासनले १५ वाइ २० को कोठा सफाइ गरिएको छ । अन्य कैदीलाई भन्दा सम्मानका साथ शौचालय, सफा पानी, कुलर, बत्तिको सुविधा दिएर छुट्टै राखिने भएको छ ।

दुवै आर्थिक अपराधमा संलग्न व्यापारी हुन् । दुवै यतिवेला बेलायतमा छन् । मस्ती जिन्दगी बिताइरहेका दुवै भारतका चर्चित व्यापारी हुन् । माल्या जमानतमा छुटेका छन् । मोदी अहिले पनि बेलायतको जेलमा छन् । महाराष्ट्रको जेल प्रशासनले केन्द्रीय जेल विभागमा उनीहरुलाई के के सुविधा दिने भन्ने विषय बारे पत्राचार गरेको छ ।

अन्य कैदी बन्दी न्युनत्तम पनि तीन जनालाई एउटै कोठामा राखिने गरेको भएपनि उनीहरु दुई जनाका लागि एउटा कोठमा राखिने भएको छ । कडा सुरक्षा व्यवस्थाका बाबजुद उनीहरुलाई मुंबइ जेलमा राखिने भएको छ । उनीहरुलाई योग व्यायामका अतिरिक्त एक घण्टा कोठा बाहिर घुमफिरको सुविधा पनि दिईने भएको छ ।

उक्त जेलमा अण्डर वल्र्डका कुख्यातहरुदेखि लिएर पाकिस्तानी आतंकी अजमल कसाबलाई पनि यही जेलमा राखिएको विगत छ । त्यसका अतिरिक्त अबु सलेम, छोटा राजन, मुस्ताफा दौसा पीटर मुखर्जी जस्ता नामुद कुख्यातहरुले यही जेलबाट सजाय भुक्तान गरेको विगत छ । त्यही जेलमा भगौडा दुई कारोबारी विजय माल्या र निरव मोदी बन्दी बन्ने भएका छन् ।

त्यसो त यस अघि गुजरातका व्यापारी विनायक शाह नेपाल आएर लुकेका बखत पक्राउ गरी भारत पुर्‍याईएका थिए । उनी पनि माल्या र मोदी जस्तै बैंक करप्ट व्यापारी थिए । उनलाई पक्राउ गरी अहमदबाद स्थित सावरमती जेलमा राखिएको छ ।

-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।