ताजा अपडेट »

सार्वजनिक यातायातमा भाडा वृद्धि

विहीबार, ३० जेठ २०७६, १६ : ४६
4 Shares

जेठ ३०, बुटवल । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाउने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भाडा बढाइएको बताए। सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत बढाइएको उनले बताए ।

विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ। भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो। बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ।

यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए। यस अघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो। उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो। योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो। बढेको भाडादर असार १ बाट लागू हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।