ताजा अपडेट »

प्रदेश नं. ५ को नाम र राजधानी : ६ महिना अझै कुर्नुपर्ने

विहीबार, ३० जेठ २०७६, १६ : ३५
6 Shares

जेठ ३०, बुटवल । प्रदेश ५ ले आफ्नो नाम र स्थायी राजधानी पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । प्रदेशको राजधानि र नामाकरण गर्नका लागि दिपेन्द्रकुमार पुनको संयोजकत्वमा गठित १५ सदस्यीय समितिले समय थप गर्नका लागि माग गरेपछि आज तेस्रो पटक समय थप गरिएको हो ।


समितिले प्रतिवेदन बुझाउन यही जेठ २६ गतेसम्मलाई तोकिएको म्याद सकिएपछि तेस्रोपटक ६ महिना थप गरिएको छ । प्रदेश सभामा बसेको प्रदेश सभाको बैठकले बिशेष समितिको म्याद ६ महिना थप गर्ने निणर्य गरेको हो । प्रदेशको स्थायी राजधानी र नाम शिफारिस गर्न गठन भएको बिशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगि सुझाव संकलन गरीसकेको छ ।

सुझाव संकलन पश्चात भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविदहरुसँग राय लिएर प्रतिवेदन पेश गर्न बिशेष समितिले ६ महिना समय माग गरेकाले आजको बैठकबाट म्याद थप गरीएको सभामुख पुर्ण बहादुर घर्तिले जानकारी दिए । यस अघि पनि समितिको म्याद २ पटक ३/३ महिना थप गरीएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।