ताजा अपडेट »

महेसपुर भन्सारलाई पूर्ण रुपमा संञ्चालनमा ल्याउन माग

शुक्रबार, २७ चैत्र २०७७, १३ : १४
8 Shares

नवलपरासी । उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले महेसपुर भन्सारलाई पुर्ण क्षमतामा संञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्न माग गरेको छ । अध्यक्ष केशव भण्डारीले संघिय सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र बुझाउदै भन्सार पुर्ण क्षमतामा संञ्चालनमा ल्याउन र महेसपुर देखि सदरमुकाम परासी हुदै सुनवल महलपोखरी गोठादि, कालीगण्डकि डाईर्भसन हुदै पोखरा सम्मको सडक विस्तारको लागी आग्रह गरिएको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी सहितको टोलीले अर्थमन्त्री पौडेललाई पश्चिम नवलपरासीको विकासमा महेसपुर भन्सार पनि जोडिएकाले त्यस्को क्षमता विस्तारका लागी आग्रह गरेको हो । भन्सार कोड नहुदा महेसपुर भन्सार हुदै औद्योगिक कच्चा पर्दाथ, मेसिन औजार लगाएतका समाग्रि आयात निर्यात गर्न नपाएको बताउदै तत्कालै कोड व्यवस्था गर्न माग गरिएको भण्डारीले बताए ।

साथै महेसपुर भन्सारमा भन्सार गृह, भण्डार गृह, क्वारेन्टाईन चेक पोष्ट, खाद्य परिक्षण प्रयोगशाला सवारी पार्किङ्ग लगाएतका आधारभुत पुर्वाधार निर्माण गर्न पनि माग गरिएको छ । मेहसपुर भन्सार छोटि भन्सार बाट मुल भन्सारमा स्तरउन्नती भएको धेरै वर्ष भईसकेपनि भन्सारले ठुलो भन्सारको रुप पाउन सकेको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।