ताजा अपडेट »

कांग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने

शुक्रबार, २७ चैत्र २०७७, ११ : ३३
2 Shares

काठमाडौँ ।नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हून् । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।

रासस
लेखकको बारेमा
रासस