ताजा अपडेट »

गर्भावस्था र दन्त स्वास्थ्य

विहीबार, ३० जेठ २०७६, १४ : ३८
26 Shares

डा. प्रकाश बुढाथोकी

दन्त स्वास्थ्य, प्रत्यक्ष रूपमा मुखको स्वास्थ्य भए पनि अप्रत्यक्ष रूपमा सम्पूर्ण शरीरको स्वास्थ्यस“ग सम्बन्धित रहने गर्छ । एकातिर मुख शरीरको प्रवेशद्वार र मुहार शरीरको ऐना हो भने अर्कोतिर यसका अंगप्रत्यंगमा भएका समस्याले मुटु, हड्डी, गर्भावस्था, मधुमेह, कलेजो, मस्तिष्क तथा पाचनप्रणालीमा असर पारिरहेको हुन्छ ।


प्रायजसो चिकित्सक कहा“ आउने सिकायत भने दा“त हल्लिएको महसुस, गिजाबाट रगत आउने, गिजा हल्लिने, गिजाको रंग रातोनिलो हुने, दुखाइ, सास गन्ध आउने तथा सौन्दर्यसम्बन्धी उपचारका लागि नै हुन्छ । एक नारी समयक्रमस“गै बढ्दै जा“दा वयस्क, पहिलो मासिक श्राव, महिनामहिनामा मासिक धर्म वा रजस्वला, गर्भाधारण नहोस् वा गर्भान्तरका लागि परिवार नियोजनका अस्थायी साधनको प्रयोग, गर्भावस्था, स्तनपान गराउने अवस्था र अन्तमा मासिक धर्म अन्त हुने वा प्रजनन उमेर समाप्त हुने समय पार गर्दै वृद्ध हुन्छन् । आज गर्भावस्था र दन्त स्वास्थ्यबारे चर्चा गरौं ।

जसरी जीवरसको मात्रामा महिनाअनुसार तथा समयअनुसार फरक देखिन्छ, त्यसैगरी नै मुखमा देखिने रोग र समस्याको गाम्भीर्यता देखिने गरेको पाइन्छ । गर्भावस्थाको पहिलो तीन महिनामा गोनाडोट्रपिन र पछिल्लो तीन महिनामा प्रोजेस्ट्रोन र इस्ट्रोजन अत्यधिक हुने भएकाले यी अवस्थामा बढी समस्या देखिन्छन् । यस अवस्थामा हुने नराम्रो घटना, रोग तथा समस्याले आमालाई मात्र नभई आमाको पेटमा बढिरहेको बच्चालाई पनि असर पार्ने भएकाले गर्भावस्थालाई विशेष महŒव दिई यहा“ चर्चा गर्न खोजिएको छ ।
स्वास्थ्यसम्बन्धी विशेष हेरचाह पु¥याउनुपर्ने विशेष अवस्था गर्भावस्था हो । गर्भमा रहेको शिशुको उचित वृद्धि र विकास होस् भनेर गर्भ रहेपछि आमालाई धुमपान र मद्यपान त्याग्न र पोसिलो खानेकुरा खान व्यक्तिगत सरसफाइ, खोप, औषधि, उपचार एवं शारीरिक कसरतप्रति सचेत रहन सल्लाह दिइन्छ ।

दन्त हर्षा

१० देखि ७० प्रतिशत गर्भवतीमा देखिने यस दन्त हर्षामा दुई दा“तबीच रहेको गिजा चम्किलो रातो सुन्निएको, नरम र छुनासाथ रगत बहने हुन्छ । सरसर्ती हेर्दा ऐंसेलुको झुप्पाजस्तो देखिन्छ । किशोरावस्थामा, वयस्कमा, पहिलो तथा अन्य मासिक धर्ममा र परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेका अवस्थामा पनि गिजा सुन्निने, चिलाउने, रगत आउने दन्त हर्षा हुने गर्छ ।

ट्युमर

एउटा वा धेरै छरप्रस्ट डाठ भएको वा नभएको नरम, टल्कने, छुनासाथ रगत बहने, धुलौटे रातो वा म्याजेन्टा रंगको प्रिगनेन्सी ट्युमर १.८ देखि ५ प्रतिशत गर्भावस्थामा पाइन्छ । सामान्यतयाः हेर्दा च्याउजस्तो देखिन्छ । दुखाइ, घाउ बन्ने र टोकिने अवस्थाबाहेक ट्युमरको उपचार गरिँदैन ।
गर्भावस्थामा निस्कने अत्यधिक सेक्स हर्मोन (जीवरस)ले गर्दा दा“त हल्लिने, गिजाको रसको वृद्धि, गिजा र दा“तबीचको खाली ठाउ“ (पकेट)को गहिराइ बढ्ने तथा फलाम, फोलिक एसिडको कमीले उत्पन्न गर्ने रक्तअल्पताका कारण मुख तथा गिजामा उत्पन्न हुने घाउ सुजन देखिन्छ । उपर्युक्त रोग तथा समस्या प्रमुख रूपमा फोहोर र सरसफाइको अभाव र लापर्बाहीले देखाउने गरेको देखिन्छ । उक्त फोहोर, भोजनको कमीले उत्पन्न रोगलाई थप जटिलता उत्पन्न गराउन सहायक बन्ने गर्छ गर्भावस्थाको जीवरस ।

रक्तअल्पता

गर्भावस्थाको बढ्दो माग, फेनाटोइन र ल्युकेमियाको औषधि तथा परिवार नियोजनका मुखबाट सेवन गरिने अस्थायी साधनद्वारा शरीरमा फोलिक एसिडको कमी हुन जान्छ । त्यसैगरी फलामको पनि कमी हुने गर्छ महिलामा । रक्तअल्पताका कारण मुख, जिब्रोमा सुजन, घाउ, दुखाइ र पीप जम्मा हुने, म्युकोसा सुकेर जाने, मुखका कुनाकुनामा घाउ बन्ने, गिजा तथा दा“त बस्ने हड्डी र दा“तमा नकारात्मक
असर पार्छ ।

औषधि प्रयोगमा सचेतता

थुप्रै रसायन र औषधि आमाले सेवन गर्दा प्लासेन्टा (सालनाल)मार्फत गतिशील भु्रणमा पुगी बच्चामा असामान्य अवस्था सिर्जना भई शारीरिक र मानसिक रूपमा आघात पुग्छ । त्यसैले गर्भावस्थामा चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न अनुरोध गरिन्छ । प्रतिजैविकी, दुखाइ कम गर्ने, कुल्ला गर्ने औषधि तथा अन्य औषधि सकेसम्म सेवन नगर्नु नै उत्तम हुन्छ किनभने गर्भ तुहिने, अंगभंग हुने विकास र काममा असामान्यपना उत्पन्न गराउ“छ ।
दूधेदा“त बन्न सातांै हप्तामा सुरु भई तीन देखि ६ महिनामा साह्रो हुन सुरु हुन्छ र वयस्कको पहिलो बंगरा बच्चा जन्मनुभन्दा पहिले सुरु भई जन्मँदा साह्रो बन्ने गर्छ । तसर्थ, गर्भावस्थामा हुने घटना र पर्ने असरले दा“त तथा मुखमा नकारात्मक परिणाम ल्याउ“छ । जस्तै टेट्रासाइक्लिन प्रतिजैविकीले बिरुपको र बेरंगी दा“त, हड्डीको वृद्धिमा कमी तथा स्टेरोइडले मुटुमा समस्या भएको, ओठ र च्यापु चिरिएको बच्चा जन्मने गर्छ ।
गर्भावस्थामा देखिने अर्को समस्या बुद्धि बंगरा हो । १७ देखि २१ वर्षमा आउने अन्तिम बंगरा, उम्म्रँदा वा स्थान अभाव वा कीराले खाएर दुःख दिने, सुजन हुने, मुख खोल्न नसक्ने हुन सक्छ । प्रायःजसो नेपाली, महिलाको पहिलो गर्भावस्था यही बुद्धि बंगरा आउने समयमा पर्छ । ठाउ“ नपुगेको वा बांगिएको भएमा शल्यक्रियाद्वारा निकाल्ने र त्यसपछि औषधि सेवन गर्नुपर्छ तर भरसक गर्भावस्थामा स्टे«स र स्टे«न नपार्नु, औषधि सेवन नगर्नु नै उत्तम हुने भएकाले गर्भावस्थापूर्व नै दा“त र मुखको परीक्षण गराई आवश्यक सम्पूर्ण उपचार गराउनुपर्छ । यसबाट दुःख, पीडा, औषधि सेवनबाट बच्न सके आमा तथा गर्भको शिशुलाई फाइदा हुन्छ ।

उपचार

दा“त तथा मुखको उपचार सबै महिनामा गर्न सकिने भए पनि इमर्जेन्सी भए तुरुन्त नभए स्थानीय कारण हटाएर समस्या मुक्त बनाउने र उपचार डेलिभरीपछि मात्र गर्ने गरिन्छ किनभने बिरामीले पछि देखिने समस्यालाई दन्त उपचारस“ग जोड्न सक्छ । सामान्य स्टे«स र स्टे«नलाई सेक्स हर्मोनको बढी निष्कासनले प्रतिक्रिया बढी भएर आमामा जटिलता निम्त्याउन सक्छ र संवेदनशील भु्रणलाई असर पारी शारीरिक, मानसिक वृद्धि विकास तथा बनावटमा नै कुरूपता ल्याउन सक्छ । पहिलो तीन महिनामा आमामा स्टे«स र स्टे«न पर्न जा“दा बच्चाको अंग बन्ने प्रक्रिया (अर्गानोजेनेसिस) मा असर परी बच्चामा शारीरिक र मानसिक असामान्यपना ल्याउन सक्छ भन्ने मान्यता रहन्छ । यस अवधिमा बिहानमा वाकवाकी लाग्ने, वान्ता हुने हुनाले उपचार गर्न पनि अप्ठ्यारो हुन्छ ।
त्यसैगरी अन्तिम तीन महिनाको गर्भावस्थामा आमामा स्टे«स र स्टे«न पर्दा समयपूर्व नै प्रसव व्यथा ल्याउन सक्छ भने काम गर्दा बिरामीमा कम रक्तचाप हुने भएकाले सीधा वा देबे्रतिर फर्काएर मात्र उपचार गर्नुपर्नेहुन्छ जुन अप्ठ्यारो हुन्छ । (भ्रुणको दबाब इन्फेरियर भेनाकाभामा पर्न गई भेनसरिटर्न कम भएर हाइपोटेन्सन हुने भएकाले सुताउन सकिँदैन)

एक्सरे

सकेसम्म गर्भावस्थामा एक्सरे नगर्नु नै राम्रो हुन्छ तर तुलनात्मक रूपले आकस्मिक अवस्थामा भने गर्भवतीलाई सिसाको कोट (लिड एप्रोन) लगाएर एक्सरे लिन सकिन्छ । महिलाको जीवनमा आउने अति नै महŒवपूर्ण समय हो गर्भावस्था । जुनबेला स्वयं गर्भवती महिला र उनका परिवार संवेदनशील हुनैपर्छ । एकातिर गर्भावस्था रोग नभई प्राकृतिक अवस्था हो भने अर्कोतिर आमाको मात्र नभई बन्दै गरेको बच्चाको स्वास्थ्य पनि हो । तसर्थ, सावधानीपूर्वक उपचार र औषधि लिन सकिन्छ । इमर्जेन्सी दन्त उपचार, दा“त निकाल्ने, पीप निकाल्न आईएन्डडी गर्ने र इमर्जेन्सी शल्यक्रिया भने गर्दा फरक पर्दैन ।

अन्तमा, जसरी गर्भावस्थामा आमाको तथा शिशुको स्वास्थ्यलाई आत्मसात् गरी नराम्रो बानी वा धूमपान र मद्यपान छोड्ने, पौष्टिक, ताजा र सन्तुलित खाने कुरा खाने, नियमित स्वास्थ्य परीक्षण गराउने तथा व्यक्तिगत सरसफाइमा जोड दिने गरिन्छ, त्यसैगरी विशेष ध्यान दिनुपर्ने मुखको स्वास्थ्यका लागि गर्भपूर्व नै परीक्षण र उपचार तथा नियमित सरसफाइमा जोड दिइन्छ । साथै, रोग तथा समस्या बारेमा सुरुकै अवस्थामा चनाखो भई परीक्षण गराउन सल्लाह दिइन्छ ।

-साभार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।