ताजा अपडेट »

रुपन्देहीको सियारीमा महिलाको हत्या, आरोपित श्रीमान पक्राउ

शुक्रबार, २७ चैत्र २०७७, ११ : ०६
6 Shares

बुटवल । रुपन्देहीको सियारीमा एक पुरुष श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् । विहिबार सियारी–३ हर्नैयामा बस्ने ५५ वर्षिया कुस्मा बानियालाई घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान ६६ वर्षिय गनपत बानिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार विहिबार विहान ३ः१५ बजेको समयमा कुस्मालाई आफ्नै घरमा श्रीमान गनपतले सामान्य बिवाद हुँदा आवेशमा आई हत्या गर्न पुगेका थिए । जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा कुश्मा खाटमा मृत अवस्थामा रहेको उनको घाँटीमा शंकास्पद दाग देखा परेकोले पोस्टमर्टमको लागी भिम अस्पताल भैरहवामा पठाईएको छ । श्रीमान गनपतलाई नियन्त्रणमा लिई गरिएको प्रारम्भीक अनुसन्धानमा श्रीमानले हत्या गरेको स्वीकार गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।