ताजा अपडेट »

बिएफआइएन साधारण शेयर बिक्री गर्ने

शुक्रबार, २७ चैत्र २०७७, १० : ४५
6 Shares

काठमाडौँ । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

बिएफआइएनले बिहिबार एनआइसी एशिया क्यापिट लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो । कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

रासस
लेखकको बारेमा
रासस