ताजा अपडेट »

रिडी मेलामा २ लाख दर्शक ७ करोडको कारोबार

सोमबार, ०७ माघ २०७५, ०३ : ४८
14 Shares

माघ ७,
गुल्मी । तिन जिल्लाको संगम क्षेत्र रिडीमा माघे सक्रान्तीको अवसरमा चलेको मेलामा ७ करोड वढीको कारोबार भएको आयोजकले जनाएको छ । नेपालका चार धाम मध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेलाको २ लाख ५० हजार वढिले अबलोकन, दर्शन गरेको रुरु फ्रेण्ड क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले बताए ।


गुल्मी,पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आदा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा मेला सञ्चालनमा आयोजना गरिएको थियो । माघ १ गतेबाट पाँच दिनसम्म कालीगण्डकी स्नान गर्ने र रुरुका विभिन्न मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको थियो । मेलामा राखिएका ३ सय स्टलहरुबाट ७ करोड ५० लाख बराबरको कारोवार भएको रुरु फ्रेण्ड क्लवका अध्यक्ष बिश्वकर्माले बताए । तिन जिल्लाका बिभिन्न घरेलु तथा अन्य होटलहरु,फेन्सीहरु लगायतका स्टलहरु राखिएको थियो ।
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सगंम स्थल रिडीमा कालिगण्डकीमा स्नान गर्ने र हृषीकेश देबताको दर्शन गर्न दर्शनार्थीहरुदेखि व्यपार गर्नेहरुको दैनिक भीड लाग्ने गरेको थियो । माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ ।
चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक मान्यता रहि आएको छ । यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ ।

रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ । रुरु क्षेत्रको कालीगण्डकीमा स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरु आउने गर्दछन । व्यपारका लागि रुकुमदेखिका व्यापारी रिडि आउने गरेका छन् । पाँचदिनसम्म संचालन हुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यपार हुने गर्दछ ।


रुरु क्षेत्रमा परापूर्व कालदेखि नै माघ संक्रान्तिदेखि तीन दिनसम्म जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा मेला लाग्ने गरेको थियो । अहिले दुई दिन थप गरेर पाँच दिन मेला लाग्ने गर्दछ । बिगतका वर्षहरुमा भन्दा यस वर्ष थप कार्यक्रमका साथ अझ प्रभावकारी रुपमा मेला सम्पन्न गरिएको क्लवका अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।
मेला ब्यवस्थित बनाउने प्रयास
मेलामा दर्शन पछि टाढा बाट आउने दर्शनाथी को लागि रुरु क्षेत्र बिकास समितिले निशुल्क खानपानको ब्याबस्था मिलाएको थियो । चाहना हुने ले जहाँ निशुल्क रुपमा दैनिक (पाँच दिन) दाल भात तरकारी खान ब्यावस्था थियो ।


बृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित दर्जनौ राष्ट्रिय कलाकरहरु मेला ल्याइएको थियो । ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कार्तिक ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।