ताजा अपडेट »

मिलीजुलीमा आधारभूत सहकारी शिक्षा तथा तालिम

विहीबार, २६ चैत्र २०७७, २२ : ०९
10 Shares

बुटवल । मिलीजुली बचत तथा ऋण सहकारी संस्था लि.तिनाउ पाल्पाले आफ्ना नयाँ शेयर सदस्यहरुका लागि एक दिवसीय आधारभूत सहकारी शिक्षा तथा तालिम दोभानमा प्रदान गरेको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिका रुपमा रहेका मिलीजुली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य मीना रायमाझीले स्थापनाकालमा मिलीजुली सहकारीलाई गठन गरी सञ्चालन गर्दाका समस्याहरु,विश्वासको अभाव र गाउँमा सहकारी चाहिन्छ भन्ने चेतना फैलाउन नसक्दा पीडाबोध गर्न परेको बताउँदै २० वर्षको दौरानमा मिलीजुली सहकारीले गरेको प्रगति देख्दा आफै छक्क परेको बताइन्।

उक्त सहकारीका शिक्षा समिति संयोजक दलबहादुर गुरुङले मिलीजुली बचत तथा ऋण सहकारी संस्थाको परिचय,त्यसका गतिविधिहरु र सहकारीका सिद्धान्तका सन्दर्भमा सहजीकरण गरेका थिए । उक्त सहकारीका व्यवस्थापक दुर्गाबहादुर थापाका अनुसार नयाँ सदस्यहरुका लागि आयोजना गरिएको तालिमले नयाँ सदस्यहरुलाई उर्जा दिने र सहकारी सञ्चालमा सहयोग पुग्ने बताए । सो सहकारीका सञ्चालक सदस्य पशुपति शर्माले सहभागीहरु सबैलाई सहकारी शिक्षाको आवश्यकता,महत्व र त्यसको प्रभावका बारेमा कुरा राख्दै स्वागत गरेका थिए । उक्त सहकारीका उपाध्यक्ष सावित्रा थापाको अध्यक्षतामा तालिमको शुभारम्भ भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।