ताजा अपडेट »

पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा केसी विजयी

विहीबार, २६ चैत्र २०७७, २१ : ५२
8 Shares

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा दुर्गालाल केसी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी लक्ष्मी आचार्यलाई ११ मतअन्तरले पछि पार्दै निर्वाचन जितेका हुन । केसीले १३५ मत प्राप्त गरेका थिए,भने आचार्यले १२४ मत प्राप्त गरेकी थिइन् । महासंघको दाङ शाखाको इतिहासमा यस पटक महिला पहिलो पटक नेतृत्वको लागि प्रतिपर्धामा उत्रिएको अवस्था थियो । दाङ शाखाको झन्डै ३० बर्षे इतिहासमा आचार्यले जितेको भए महिला नेतृत्वमा पुग्ने इतिहास रच्ने थिइन । हाल केसी कान्तिपुर दैनिकमा कार्यरत छन् । उनी नेपाल प्रेस चौतारीको तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए, भने आचार्यले प्रेस संगठनको तर्फबाट मैदानमा उत्रिएकी थिइन । केसीलाई राप्रपा, बिप्लव लगाएतका संगठनको साथ थियो, भने आचार्य प्रेस सेन्टरको तर्फबाट नेपाल प्रेस यूनियन लगाएतका संगठनहरुको समिकरणमा मैदानमा उत्रिएकी थिइन् । दाङ शाखामा २७७ जना मतदाता रहेकोमा २६३ मात्र मत खसेको थियो । केसी प्यानलबाट २ जना सह– सचिवले जितेका छन्, भने आचार्य प्यानलबाट प्रेस युनियनका ४ जनाले जनाले जितेका छन् ।

जसमा उपाध्यक्षमा सन्तोष सुवेदी ९ १६२०, बसुन्धरा गौतम ९१७६०, सचिवमा आएके सितल ९१६२०, कोषाध्यक्षमा शरद रेग्मी ९ १३८० मत ल्याएर जितेका हुन् । केसी प्यालनबाट खुल्ला सह–सचिव र समाबेशी सह–सचिवमा प्रेस चौतारीका विजयी भएका छन् । खुल्ला सहसचिवमा १ मतले घिमिरे विजयी भएका छन् । घिमिरेले १२८ मत ल्याए भने, उनका प्रतिस्पर्धी राकेश बस्नेतले १२८ मत पाएका थिए । त्यस्तै समाबेशी सह–सचिवमा १२९ मतका साथ दिप्तीशिखा चौधरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी देवी भण्डारीले १२६ मत पाएकी थिइन् । लुम्बिनी प्रदेशमा प्रेस चौतारीले दाङमा मात्रै अध्यक्ष जितेको छ । त्यस्तै सदस्यतर्फ आचार्य प्यालनबाट गिरीराज नेपाली, अञ्जना चौधरी, उमा भण्डारी, दुःख हरण यादव, विवेक खड्का, उदय विसी, कुलदिप न्यौपाने, जीवन नेपाली, दिपक बोहरा, यमकला भुषाल, सन्तोष केसी, प्रेम तिवारी र शिवराज गौतम विजयी भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।