May 16, 2022
जेठ ३०, बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ मा ढुङ्गाले च्यापेर एक महिलाको ज्यान गएको छ । साविकको कचल गाविस खुर्दीवाङ निवासी सावित्री चिदीको स्थानिय जङ्गलमा बाख्रा चराउँदै गर्दा ढुङ्गाले च्यापेएर मृत्यू भएको इलाका प्रहरी कार्यालय दोभानका इन्चार्ज बालबहादुर घर्तिले जानकारी दिएका छन् ।
५० वर्षीया चीदीलाई आफैले टेकेको ढुङ्गा भासिएर च्यापेको थियो ।बुधबार विहान करिब १० बजे आफ्नै बुहारी मिना चिदीसँग बाख्रा चराउन निस्किएका उनलाई ढुङ्गाले च्यापेपछि तत्कालै गाउँलेलाई खबर गरेपनि एक घण्टापछि घटना स्थलमा पुगेका गाउँलेहरुले ढुङ्गा हटाएका हुन् । ढुङ्गा हटाउँदा सम्म चीदीको ज्यान भईसकेको थियो वडा नम्बर १ का अध्यक्ष रोमबहादुर लम्तरीले भने घटना लगत्तै प्रहरीलाई खबर गरीएको थियो । मृतक चिदीको २ छोरा, एक छोरी, १ बुहारी र श्रीमान हिराबहादुर चिदी रहेका छन् । आर्थिक अवस्था कमजोर भएको पिडीत परिवारलाई गाउँपालिकाबाट दैविप्रकोप तथा आकस्मिक दुर्घटना अन्र्तगत आर्थिक सहयोगका लागि पहल गरिने वडा अध्यक्ष लम्तरीले बताए ।
प्रतिकृया दिनुहोस्