ताजा अपडेट »

पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा शर्मा विजयी

विहीबार, २६ चैत्र २०७७, १६ : ११
2 Shares

बुटवल । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा पुनः हरि शर्मा विजयी भएका छन् । शर्माले आफ्ना प्रतिद्वन्द्वी नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदीलाई ७ मतको अन्तरले पराजीत गरेका हुन् । कुल खसेको ८९ मत मध्य शमाले ४८ मत प्राप्त गरेका थिए भने प्रत्यासी सुवेदीले ४१ मत प्राप्त गरे।

यसैगरि उपाध्यक्षमा अनिल यादव शर्मा विजयी भएका छन् । विजयी यादवले ३८, इन्द्र कुमार रेग्मीले ३० र उमाकान्त रेग्मीले २० मत प्राप्त गरे । यस्तै महिला उपाध्यक्षमा मातली न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ५५ मत प्राप्त गर्दा प्रत्यासी विष्णु खनालले ३२ मत प्राप्त गरे । यस्तै सचिवमा राजकुमार रेश्मी विजयी भएका छन् । रेश्मीले ५३ मत प्राप्त गरेका छन् भने प्रत्यासी सद्दाम हुसेन अन्सारीले ३६ मत प्राप्त गरे । यस्तै सह–सचिव ९खुला तर्फ० जीवन न्यौपाने विजयी भएका छन् । न्यौपानेले ५५ मत र प्रत्यासी रविन शर्मा चापागाँईले ३२ मत प्राप्त गरे ।

यस्तै सह–सचिव ९समावेशी० तर्फ श्याम बुचा मगर विजयी भएका छन् । मगरले ५८ मत र प्रत्यासी जितेन्द्र गुप्ता तेलीले २९ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा प्रकाश न्यौपाने विजयी भएका छन् । न्यौपानेले ६१ मत प्राप्त गर्दा प्रत्याशी धनश्याम पोखरेलले २४ मत प्राप्त गरेका छन् । यसैगरि सदस्य (आदिवासी जनजाती) तर्फ आरती रानाले ५५ मत प्राप्तगरि विजयी भएका छन् । प्रत्यासी राज चौधरीले ३३ मत प्राप्त गरे । सदस्य (दलित) तर्फ इन्दिरा वि।क। ५० मत प्राप्तगरि विजयी भएका छन् । प्रत्यासी उमेश वि.क.ले ३८ मत प्राप्त गरे ।

सदस्य (मधेशी)तर्फ अनिल यादव ४९ मत प्राप्तगरि विजयी भएका छन् । उनका प्रत्याशी नन्दु प्रसाद यादवले ३० मत प्राप्त गरे। यसैगरि सदस्य (खुला) सदस्य तर्फ विकास अधिकारी ५३, गौरिशंकर जयसवाल ४९ मत र दिपक खनाल ४६ मत प्राप्त गरि विजयी भएका छन् । प्रत्याशी पप्पु रेग्मी ३०, रविन्द्र यादव ३०, मुक्तिनाथ तिवारी २९, सञ्जिव कोइराला २७, धुव्रनारायाण बानिया ३४, प्रदिप पाठक २१, संजय तिवारी र संजय कुशवाहाले १०–१० मत प्राप्त गरे ।

राष्ट्रिय र केन्द्रिय परिषद सदस्य खुला तर्फ टिकाराम गैरे ४७ मत प्राप्तगरि विजयी भए । उनका प्रत्यासी गोपी ज्ञवालीले ३६ मत प्राप्त गरे । निर्वाचित कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचित सबै सदस्यहरुलाई विहिबार नै एक कार्यक्रमकाबीच प्रमाण पत्र हस्तान्त्रण गरिएको छ । कार्यक्रममा प्रतिवद्धत्ता मन्तव्य नव निर्वाचित अध्यक्ष हरि शर्माले र शुभकामना मन्तव्य पूर्व सभापति केशव पराजुलीले व्यक्त गरेका थिए । पत्रकार महासंघ पश्चिम नवलपरासीको निर्वाचन आयुक्तको रुपमा कुल प्रसाद शर्मा, सदस्यहरुमा बाबुराम खड्का र धन शर्मा जैसी रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।