ताजा अपडेट »

कोरोना संक्रमित बढ्दै ,एकैदिन थपिए ३३२

विहीबार, २६ चैत्र २०७७, १७ : ३१
8 Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा ७९ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।  नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ६०८ जना निको भएका छन् ।

रासस
लेखकको बारेमा
रासस