ताजा अपडेट »

एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज

विहीबार, २६ चैत्र २०७७, १५ : ३६
10 Shares

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । सभामुख सापकोटाले माओवादी केन्द्रबाट चार सांसद रिक्त रहेको जानकारी आज संसद बैठकमा सुनाएका हुन्।

पद गुमाउनेमा अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरी छन् । नेकपा माओवादी केन्द्रले नेकपा एमालेको केन्द्रीय सदस्य पद स्वीकार गरेको भन्दै चार जना मन्त्रीलाई सांसद पदबाट हटाएको थियो। उक्त जानकारी संसदीय दलका नेताले संसद सचिवालयमा दिएका थिए।

https://www.globalaawaj.com/archives/96944
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।