ताजा अपडेट »

पत्रकार महासंघ गुल्मीमा लोकतान्त्रिक प्यानलका टोपलाल विजयी

विहीबार, २६ चैत्र २०७७, १४ : १५
4 Shares

बुटवल । पत्रकार महासंघ गुल्मीमा लोकतान्त्रिक प्यानलका टोपलाल अर्याल बिजयी भएका छ्न । खसेका कुल ५८ मत मध्ये अर्याल ३० मत ल्याएर बिजयी भएका छ्न भने २७ मत प्राप्त गरि ओलि समुहका अनिल खत्री पराजय भएका हुन ।

अर्याल सहित पुरै लोकतान्त्रिक प्यानल बिजयी भएको छ । खुल्ला उपाध्यक्षमा प्रेस युनियनका रेशम कुवर बिजयी भएका छ्न । ओलि समुहका कृष्ण ज्ञवालीले १९ मत प्राप्त गरेका छ्न । महिला उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकी सीता भन्डारी ३५ मत ल्याएर बिजयि भएकी छ्न । ओलि समुहकि अम्बिका आचार्यले २३ मत ल्याएकी छ्न ।
खुल्ला सचिवमा प्रेस सेन्टरका प्रेम सुनार १६ मतको अग्रताले बिजयी भएका छ्न । उनले ३७ मत प्राप्त गरेका छन भने ओलि समुहका ज्ञान बहादुर महतराले २१ मत ल्याएका छ्न ।

सह सचिबमा प्रेस सेन्टरका तिलाचन पान्डे पनि भारी मतको अन्तरमा बिजयी भएका छ्न । उनले ४२ मत र अर्जुन भण्डारीले १७ मत ल्याएका छ्न । समावेशी सचिबमा प्रेस युनियनका तेजेन्द्र कुमार श्रेष्ठ ४२ मत ल्याएर बिजयी भएका छ्न । लोकप्रसाद छन्त्यालले १८ मत ल्याएका छ्न । कोषाध्यक्षमा लोकतान्त्रिकबाट प्रेस युनियनका कौरव खत्री ३४ मत ल्याएर बिजयी भएका छ्न र ओलि समुहका नारायण मरासिनीले १३ मत ल्याएका छ्न । खुल्ला सदस्यमा प्रेस सेन्टरका हुमकान्त पोख्रेल सबै भन्दा बढी मत ल्याएर बिजयी भएका छ्न । अन्य सदस्यहरु पनि अत्याधिक मत ल्याएर बिजयी भएका छ्न ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।