ताजा अपडेट »

मन्त्री बनेका माओवादीका चार सांसदको पद आजबाट गुम्ने

विहीबार, २६ चैत्र २०७७, १२ : ५०
8 Shares

काठमाडौँ । एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका चार सांसदले आज पद गुमाउने सम्भावना रहेको छ ।

प्रतिनिधि सभाको बिहीबार बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी त्यागी एमालेतर्फ लागेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीलाई पद मुक्त भएको जानकारी गराउने सम्भावना रहेको हो । माओवादीको स्थायी कमिटी बैठकको निर्णयानुसार यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी त्याग गरेर एमाले प्रवेश गरेका उनीहरुलाई पार्टी सदस्य र सांसदसमेत नरहने गरी पदमुक्त गरेको पत्र संसद सचिवालयमा बुझाइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।