ताजा अपडेट »

११ बिघा सार्वजनिक जग्गा हडप्ने दाउमा भूमाफिया

बुधबार, २९ जेठ २०७६, २१ : १९
16 Shares


चुनावको समयमा लालपूर्जा दिन्छु भनेर नेताले झुक्काए : स्थानीय

जेठ २९,
ग्लोबल आवाज

बुटवल । देशैभर विभिन्न स्थानमा सार्वजनिक जग्गा हडपेका सामाचारहरु आइरहेका छन् । यस्तै बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्ज स्थित सरकारी जग्गा पनि यसै क्षेत्रका केही व्यक्तिहरुले आफ्नो नाममा बनाउने प्रयास गरेको स्थानीयहरुको दाबी छ ।बुटवलका राजेशमान श्रेष्ठ,हरीलाल न्यौपाने,चिन्तामणी पाण्डे लगाएतका व्यक्तिहरु सरकारी जग्गा आफ्नो नाउमा बनाउने प्रयासमा लागेको स्थानीयहरुले बताएका छन् ।

साबिकको मोतिपुुर गाबिस हाल बुटवल उपमहानगरपालिका वडा नं १७ मा पर्ने तिनाउ नदी जनिएको करिब ११ बिघा सरकारी जग्गा व्यक्तिको व्यक्तिको नाममा बनाउने प्रयास भएको हो ।
राजेशमान श्रेष्ठले सो जग्गा आफ्नो नाममा बनाउन लागेको भन्दै स्थानीयले अख्तियारमा उजुरी गरेपछि २०६८ सालमा अख्तियारले सो जग्गा सरकारी भएको ठहर गर्दै भूमिसुधार मन्त्रालयले जग्गा धनी प्रमाणपूर्जा दिने अन्तिम तयारी गरेका बेला अख्तियारले सो प्रक्रिया रद्द गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन समेत दिएको थियो ।

राजेशमान श्रेष्ठका बाबु बाबु कपिलमान श्रेष्ठको सो स्थानमा १० बिघा ९ कट्ठा जग्गा रहेकोमा २०२७ सालमा आएको बाढीले जग्गा बगाएपनि उनले आफ्नो नामको जग्गा प्राप्त गरीसकेको भन्दै अख्तियारले आफ्नो नामको जग्गा पाइसकेकोले छुट जग्गा दर्ताको नाममा पुनः जग्गा दिन नमिल्ने अख्तियारको ठहर थियो ।

बाढीले बगाएको भनिएको जग्गा प्राप्त गरे पनि छुट जग्गा दर्ताको नाममा राजेशमानले पुनः सरकारी जग्गा हडप्ने प्रयास गरेको स्थानीयहरुको आरोप छ ।२०६० सालदेखि करिब तिन सय घरधुरी सुकुम्बासीहरु बस्दै आएको उक्त जग्गा आफुहरुको नाममा लालपुर्जा बन्न लागेको र प्रति घर ४÷५ लाख देखि ५/७ लाख रुपयाँ दिए सुकुम्बासीहरुका नाममा दर्ता गराइदिने अन्यथा घर भत्काइदिने धम्कि दिन थालेको उनिहरुले बताए ।

अख्तियारले सरकारी भनेर ठहर गरेको जग्गा कसरी व्यक्तिको नाममा लालपूर्जा बन्न सक्छ भनि उनिहरुले प्रश्न गरे । उनीहरुले चुनावका समयमा नेताहरुले लालपूूर्जा दिन्छौ भनेपनि अहिले कुनै चासो नदेखनएको भन्दै गुनासो गरे । आफूहरु वर्षौदेखि बसेर घर बनाएको जग्गामा भूमाफियाले आँखा लगाएको बताउँदै कुनैपनि हालतमा उक्त स्थान नछोड्ने स्थानीय एकताको आवाज छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।