ताजा अपडेट »

४ कराेड लगानीमा १५ बेडको अस्पताल बनाउँदै सर्वाेत्तम सिमेन्ट

बुधबार, २५ चैत्र २०७७, २२ : ३१
4 Shares

बुटवल । नवलपरासीमा अवस्थित सर्वोत्तम समेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्षेत्रमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएकाे छ । कम्पनीले सुनवल नगरपालिकामा १५ बेडकाे अस्पताल बनाउने प्रतिबद्धता–पत्र प्रदान गरेको हाे ।

सुनवलमा भएको एक कार्यक्रममा करीब ४ करोडको लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका हातबाट सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीले ग्रहण गरेका थिए । यसका साथै सोही कार्यत्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको थियाे ।

उक्त अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आई.सि.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।