ताजा अपडेट »

पत्रकार महासंघ रुपन्देहीको मतदान सकियो, ९६.५ प्रतिशतले गरे मतदान

बुधबार, २५ चैत्र २०७७, १७ : ०३
4 Shares

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको मतदान सकिएको छ । बुधबार बिहान ९ बजेबाट ५ बजेसम्म भएको मतदानमा कुल ३१३ मतदाता मध्ये करिब ९६.५ प्रतिशत अर्थात ३०२ जना पत्रकारहरुले मतदान गरेको निर्वाचन संयोजक नारायण सापकोटाले बताए ।

महासंघ रुपन्देही शाखामा नेतृत्वका लागि दिनेश पाण्डे र रामराज पोखरेल बीच प्रतिस्पर्धा रहेको छ। आगामी ३ वर्षे कार्यकालका लागि पाण्डेको नेतृत्वमा उपाध्यक्षमा हेमबहादुर पछाई (दिपेश), पहिला उपाध्यक्षमा अमृता अनमोल, सचिव पदका लागि लक्ष्मण पोखरेल, सहसचिवमा केशव भण्डारी, सहसचिव (समावेश) तर्फबाट गोविन्दबहादुर घर्ती र कोषाध्यक्ष पदका लागि स्वस्तिक श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी खुल्ला सदस्यहरुमा नरबहादर (एन.बी) कंडेल, विकास पराजुली, प्रकाश आचार्य, तुलसीराम पौडेल, मिना पाण्डे (अस्मिना) र शिव डुम्रेले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी समावशेतर्फ सोही प्यानलबाट दिनेश श्रेष्ठ, कृष्ण खनाल, राजकुमार धवल, रेनुका गिरी र रविन्द्रप्रताप गुप्ताले उम्मेदवारी दिएका छन् ।

यसैरी पोखरेल नेतृत्वका लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदका लागि विश्वाष ढकाल, महिला उपाध्यक्षका लागि सञ्जु पौडेल, सचिवमा विनोद परियार, सहसचिवका लागि विरेन्द्र कुंवर, सह सचिव (समावेशी)मा माया केसी र कोषाध्यक्ष पदका लागि सन्जय सौगातले उम्मेदवारी दिएका छन् । खुला सदस्यतर्फ शंकरप्रसाद पाण्डे, कपिल अधिकारी, मोती न्यौपाने, प्रदीप आचार्य, थानेश्वर घिमिरे, प्रकाश पाण्डेय, पुनहरि बेलबासे र मानबहादुर कुंवरले उम्मेदवारी दिएका छन् । यसैगरी समावेशी सदस्यका लागि हरिकला अधिकारी, टंक सुनार, राज चौधरी, राधेश्याम विश्वकर्मा र सलमान खानको उम्मेदवारी परेको छ ।

आगामी नेतृत्वका लागि पण्डे नेतृत्वको प्यानलमा प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको छ भने पोखरेल नेतृत्वको प्यानलका लागि प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघको समर्थन रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।