ताजा अपडेट »

भीम रावलको संयोजकत्वमा सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा, को-को बने जिल्ला अध्यक्ष ?

बुधबार, २५ चैत्र २०७७, १३ : १०
4 Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाएको छ । 

सोमबार र मंगलबार बसेको प्रदेश स्तरीय बैठकले नेता भीम रावल संयोजकत्वमा समानान्तर कमिटी बनाएको हो । यद्यपी, कमिटीमा अन्य पदाधिकारी भने टुंगो लगाइएको छैन। केही दिनमै कमिटीलाई पूर्णता दिने एक नेताले जानकारी दिए । 

बैठकले प्रदेशका आठ वटा जिल्लामा अध्यक्ष तोकेको छ भने एक जिल्लामा तोकिएको छैन । 

नेपाल पक्षले बनाएका जिल्ला अध्यक्षहरू
कैलाली– दीर्घ सोडारी
कञ्चनपुर– तारा लामा तामाङ
डोटी– चक्र बहादुर मल्ल
डडेल्धुरा– तारा जोशी
बैतडी– महादेव भट्ट
अछाम– शेर बहादुर कुँवर
बझाङ– दिल बहादुर सिंह
बाजुरा– गगन रावल
दार्चुला– तोक्न बाँकी

यस पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला, बागमती प्रदेश र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।