ताजा अपडेट »

वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

बुधबार, २५ चैत्र २०७७, १० : ३६
6 Shares

काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङकाका किशोरकुमार प्रधानलाई मंगलबार निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हून् । मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा चार वर्षका लागि प्रधानलाई नियुक्त गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा ९१० बमोजिम प्रधानलाई नियुक्त गरिएको छ ।

निगम ऐन २०१९ अनुरुप निगमको सात सदस्यीय बोर्डमा निगमको अध्यक्ष र प्रबन्ध निर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयका एक–एक जना प्रतिनिधि र निजी क्षेत्रबाट तीन जना सदस्य रहने प्रावधान छ । हाल बोर्डको अध्यक्षमा सुशील घिमिरे, प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, अर्थ मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरु तथा पर्यटन व्यवसायीद्वय ईश्वरी पौडेल र फुर्बा ग्लाल्जेन शेर्पा रहेका छन् ।

रासस
लेखकको बारेमा
रासस