ताजा अपडेट »

आतंककारीविरुद्धको हवाई आक्रमणमा पाँच सैनिक मारिए

बुधबार, २९ जेठ २०७६, १५ : ४८

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतंककारीविरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।

जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिए । इमाम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतंककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको ज्यान जानुको साथै अन्य सात घाइते भएका थिए । उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिकाआबद्ध संयुक्त बलले गरेको हो भन्ने प्रस्ट भएको छैन । तर, आफ्नै सहकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन ।

अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा अमेरिकाआवद्ध बलले तालिबान लडाकुलक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।