ताजा अपडेट »

पत्रकार महासंघको निर्वाचन : रुपन्देही फोनिजको ४२ मत एक ठाउँमा

मंगलबार, २४ चैत्र २०७७, १९ : ३८
6 Shares

बुटवल । नेपाल पत्रकार महासँगको शुक्रबार हुने निर्वाचनका लागि रुपन्देहीका आदिवासी जनजाति पत्रकारहरु एक ठाउँमा उभिने भएका छन् । महासंघको कार्यतालिका अनुसार चैत्र २५ गते हुने निर्वाचनका लागि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले एक हुन आह्वान गरेको छ ।

फोनिजको विहिबार बसेको बैठकले जिल्ला, प्रदेश तथा केन्द्र तहमा उम्मेदवार उठेका जनजाति पत्रकारहरुलाई एक भएर मतदान गर्ने सहमती भएको छ । समावेशी तथा प्रत्यक्ष तर्फ उम्मेदवार बनेका आदिवासी जनजाति पत्रकारहरुलाई कुनै दल वा समूहको प्रभावमा नपरी एक ठाउँ मतदान गर्ने सहमती भएको छ । कतिपय समावेदी पदहरुमा आदिवासी जनजाति पत्रकारहरु बीचनै प्रतिस्पर्धा गर्नु पर्ने भएको अवस्थामा मतदाताले स्वविवेक प्रयोग गर्नेगरी बैठकले सहमती गरेको छ ।

रुपन्देहीबाट लुम्बिनी प्रदेश परिषदका लागि भिम गुरुङ, सोनु थापा र टेक मास्कि राना उम्मेदवारमा उठेका छन् भने जिल्लाको कोषाध्यक्ष पदका लागि स्वस्तिक श्रेष्ठ, समावेशी सहसचिवका लागि गोविन्द घर्ती तथा समावेशी सदस्यतर्फ निदेशक्ष श्रेष्ठ र राज चौधरी उम्मेदवार उठेका छन् । यसैगरी केन्द्रिय परिषदका लागि सुमन रेश्मी श्रेष्ठ उम्मेदवारीमा उठेका छन् । यसैगरी लोकनेश ढेँगा मगर र सरु राना मगर यसअघि नै प्रदेश परिषदमा निर्विरोध भइसकेका छन् ।

जिल्लाका आदिवासी जनजाति समुदायका अग्रज तथा सक्रिय पत्रकारहरुको भेलाले फोनिजलाई आगामी दिनमा थप सशक्त बनाउँदै लैजाने सहमती समेत गरेको छ । भेलामा आदिवासी जनजाति महासंघ (फोनिज) का लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा, फोनि रुपन्देहीका पूर्व अध्यक्ष भिम गुरुङ, अग्रज पत्रकार लोकनेश ढेँगा मगर, यम राना, टेकबहादुर मास्की राना तथा फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।