५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

संसदमा पोर्न फिल्म हेर्दाहेर्दै कांग्रेसका एक सांसद रंगेहात समातिएका छन् । भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका विधायक नाबा दास पोर्न फिल्म हेर्दाहेर्दै समातिएका हुन् ।

आजतकका अनुसार संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए । झारसुगुड़ा क्षेत्रबाट दोस्रो पटक सांसदमा निर्वा्चित दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे । उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बिजेपीले उनीविरुद्ध कारवाहीको माग गरेको छ । बिजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् ।

यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ । कांग्रेसका महासचिव सुलोचना दासले भनेका छन्– यो घटना हुनु निकै लज्जास्पद छ यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन् । उनले घटनाको छानविन प्रस्ताव संसदबाट पारित गराएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु