ताजा अपडेट »

एमाले प्रवेश गरेका न्यौपाने र पन्थीको सासंद पद खारेज

मंगलबार, २४ चैत्र २०७७, १७ : २४
4 Shares

बुटवल । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधीत्व गर्ने दुई सांसदको पद खारेज भएको छ । रुपन्देही क्षेत्र नम्बर १(२) निर्वाचित दधिराम न्यौपाने र गुल्मि क्षेत्र नम्बर २(२)बाट निर्वाचित दिनेश पन्थीलाई माओवादी केन्द्रले कारवाही गरेको थियो ।

सर्वोच्च अदालतले नेकपा खारेज गरी माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिए पछि न्यौपाने र पन्थी एमालेमा प्रवेश गरेका थिए । मंगलबार बसेको प्रदेशसभाको बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशसभा नियमावली २७४ को नियम (९) तथा राजनितीक दलसम्बन्धी एने २०७३ को दफा ३१ को उपदफा १ र २ एवं ३२ को उपदफा खण्ड ख बमोजिम सांसद पद रिक्त रहेको जानकारी गराएका थिए ।

https://www.globalaawaj.com/archives/96106
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।