२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बैशाख र जेठ महिनामा फिल्मको छायांकन अत्याधिक हुने गर्दछ । मौसमले राम्रो साथ दिने हुँदा फिल्म छायांकनका लागि यो महिना उत्तम मानिन्छ । गत वर्ष मात्र यो महिनामा ३० भन्दा बढी फिल्म फ्लोरमा थिए । तर, यस वर्ष फिल्म निर्माणमा कमी आउने देखिएको छ । किनभने, अहिले फ्लोरमा आधा दर्जन फिल्म पनि छैनन् । 

Advertisement

चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि खासै धेरैले अनुमती पनि लिएका छैनन् । गत वर्ष नेपाली फिल्म क्षेत्रका लागि ‘कालो वर्ष’ को रुपमा समीक्षा गरिएको थियो । गत वर्ष आश गरिएका फिल्मले समेत राम्रो व्यापार गर्न सकेका थिएनन् । अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काको ‘रोज’ र ‘लभ स्टेशन’ ले हलमा हावा खायो । अनमोल केसीको ‘क्याप्टेन’ ले पनि अपेक्षाकृत व्यापार गरेन । ‘नाईं नभन्नू ल ५’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’ र ‘ए मेरो हजुर ३’ ले मात्र निर्माता बचाए । 

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ रिलिजको करीब ६ महिनासम्म कुनै नेपाली फिल्म नचल्दा फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो । हल सञ्चालकले हलमा झिँगा धपाउँदै बस्नु परेको बताएका थिए । फिल्मकर्मीबीच दर्शक हराएको चर्चा सुरु हुन थालेको थियो । आश गरिएका फिल्म समेत बक्सअफिसमा टाँट पल्टिदा फिल्म रिलिज गर्न र निर्माण गर्न लागेका निर्माताहरु नराम्रोसँग आत्तिएका थिए । 

तर, गत वर्षको अन्तिम अर्थात् चैत २९ मा रिलिज भएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले भने खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई राम्रैसँग चलायमान बनाएको छ । केही दिन अगाडि प्रदर्शनको ५१औं दिन पूरा गरेको यस फिल्मले सुस्ताएको फिल्म क्षेत्रमा चहलपहल बढाएको छ । तर, गत वर्ष ६ महिना कुनै फिल्म नचल्दा मेकर्समा पलाएको निराशा अझै उस्तै छ ।

यस वर्षबाट फिल्म निर्माणमा ९० प्रतिशतले कमी आएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् । उनले फिल्मको छायांकनमा ९० प्रतिशतले कमी आउनु चिन्ताको विषय रहेको बताए । फिल्म निर्माणमा कमी आउँदा सिंगो फिल्म क्षेत्रलाई असर पुग्ने उनको भनाई छ । अहिले निर्माता बचाउन अत्यन्त आवश्यक रहेको उनी बताउँछन् । 

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी