ताजा अपडेट »

जुवाडे पक्राउ

मंगलबार, २४ चैत्र २०७७, १६ : ३५
16 Shares

दमक । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

रासस
लेखकको बारेमा
रासस