ताजा अपडेट »

काेराेनाका २६० सङ्क्रमित थपिए, ११३ निको भए

मंगलबार, २४ चैत्र २०७७, १७ : ०४
4 Shares

काठमाडौं। नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।पछिल्लो चौबीस घण्टामा ११३ जना सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ७३ हजार ४५५ जना सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा काेही सङ्क्रमितकाे मृत्यु भएको छैन । हिजाेसम्म नेपालमा तीनहजार ३६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस