ताजा अपडेट »

मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना

बुधबार, २९ जेठ २०७६, १२ : ५५
8 Shares

जेठ २९, बुटवल । मौसम पुर्वानुमान महाशाखाले आज दिउशो देशका पश्चिमी भू–भागहरूमा सामान्य देखि पूर्ण बदली रही पूर्वी र मध्य भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । पूर्वी तथा मध्य भू–भागका थोेरै स्थानहरुमा र पश्चिमी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।


राति देशभरिनै आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य भू–भागका एक–दुई स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।