June 23, 2021, Wednesday
९ असार २०७८, बुधबार

अभिनेत्री सारा अलि खानलाई भूमाफियाको धम्की

231



फिल्म केदारनाथबाट बलिउडमा धमकेदार इन्ट्री गरेकी अभिनेत्री सारा अलि खान र उनकी आमा अमृता सिंहलाई धम्की आएको छ । भूमाफीयाहरुले धम्की दिएको भन्दै उनीहरुले देहरादुन प्रहरीमा जमिन सुरक्षाको लागि लिखित निवेदन दिएका छन् । अमृताको मामाको करोडौं पर्ने जमिन छ ।

अमृताको मामा मधुसुदन बिमबेटको गएको शनिबार मृत्यु भएको छ । उनी क्यान्सर रोगले ग्रस्त थिए । त्यसमा भूमाफियाहरुको नजर परेको र उनीहरुले कब्जा गर्ने भएकोले मामाको मृत्युपश्चात जमिनको सुरक्षा गर्नको लागि प्रहरीमा निवेदन दिएका हुन् ।

अमृता आफ्नो मामाको अन्तिम संस्कारको लागि त्यहाँ गएकी थिइन् । उनले प्रहरीलाई जानकारी गराएअनुसार उनको मामा देहरादुनमा एक्लो जीवन बिताइरहेका थिए ।

उनको जमिनको रेखदेख गर्ने शेर सिंहले पनि आफ्नो हक दाबी गरेका छन् । त्यसकारण पनि अमृताले उनको परिवारका अन्य सदस्यहरु नआइपुगेसम्म जमिनको सुरक्षा गर्न प्रहरीलाई आग्रह गरेकी छन् ।

मधुसुदनको जमिन रेखदेख गर्ने शेर सिंहका अनुसार अमृता र उनको मामाबीच राम्रो सम्बन्ध नभएको प्रहरीलाई जानकारी दिएका छन् ।



पछिल्लो अपडेट