ताजा अपडेट »

भन्सार छलिको नयाँ तरिका : ‘फल्स बटन’मा अवैध सामग्री बोक्ने बससहित २ जना पक्राउ

मंगलबार, २४ चैत्र २०७७, १२ : ०७
4 Shares

बुटवल । जिल्ला प्रहरी कार्यालयले अवैध सामग्री ओसारपसार गरेको अभियोगमा बससहित २ जनालाई पक्राउ गरेको छ । नियमित चेकजाँचका क्रममा बसको मुनीपट्टी छुट्टै बक्स बनाई अवैध कपडा ओसार पसार गरिहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार सोमबार सिद्धार्थनगर नगरपालिका-१३ भैरहवा बसपार्कबाट लु १ ख ६२९१ नम्बरको बससहित चालक र सहचालकलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ११ लाख ८५ अजार मूल्य बराबरको लत्ताकपडा बरामद भएको छ । पक्राउ पर्नेमा स्याङजाको गल्याङ नगरपालिका-१ बस्ने ३६ वर्षिय चालक ओम बहादुर हिस्की सो सोही ठाउँ बस्ने २३ वर्षिय सहचालक तोरणबहादुर थापा रहेका छन् ।

उनीहरुले भारतबाट चोरी पैठारी गरी टिसट-१५० थान, हाफ पाईन्ट १२० थान र सर्ट १७० लोड गरी ल्याउदै गरेको अबस्थामा फेला पारी स्थानीयको रोहबरमा कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।