ताजा अपडेट »

‘विवादित विधेयक छलफलपछि परिमार्जन हुन्छन्’

बुधबार, २९ जेठ २०७६, १२ : १०
2 Shares

जेठ २९, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले पछिल्लो समयमा ल्याएका विधेयकमा आवश्यक परिमार्जन गरिने बताएका छन्। सरकारले ल्याएका विधेयकहरुमा तयारी राम्रो नपुगेकाले विरोध र गुनासाहरु आएको उनले बताए।

बुधबार भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले विधेयकहरुका कारण भएका विरोधले सतर्क बनाएको बताए। ‘तयारी राम्रो नपुगेको हो, जति गृहकार्य भएर आउनुपथ्र्यो त्यो नपुगेकै हो’ उनले भने, ‘सरकार र पार्टी सतर्क भएको छ, प्रर्याप्त छलफल गरेर, सहमति बनाएर ल्याउने तिर सरकार जान्छ।’ मिडिया काउन्सिल विधेयकमा आवश्यक परिमार्जन गरेर अगाडी बढिने उनको भनाई छ। यस्तै, गुठी विधेयकको बारेमा पनि बहस र छलफल चलिराखेको र परिमार्जन गरिने उनी बताउँछन्।

सरकार आलोपालो चलाउने सहमतिलाई भने नयाँ कुरा नभएकाले पहिले भएका समझादारीका साथ अगाडी बढिने उनले बताए। लोक सेवा आयोगले ल्याएको कर्मचारी भर्ना प्रक्रियाको विज्ञापन विवादका विषयमामा संसदिय समितिले र सरकारले काम गरिराखेको उनले बताए। यस विषयमा प्रधानमन्त्री विदेश भ्रमणबाट फर्केपछि छलफल गरेर उचित ढंगले अघि बढिने उनको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।