ताजा अपडेट »

चोरीका मोटरसाइकल बरामद

मंगलबार, २४ चैत्र २०७७, ११ : ००
6 Shares

कञ्चनपुर। कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले सोमबार चोरीका सात वटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइकल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् । नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइकल बरामद गरिएको उनले बताए। चोरीको मोटरसाइकल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ ।बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि सोमबार भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

रासस
लेखकको बारेमा
रासस