ताजा अपडेट »

ट्रम्पले उत्तर कोरियासँग वार्ता गर्ने

बुधबार, २९ जेठ २०७६, ११ : ३६
8 Shares

जेठ २९, वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई उत्तर कोरियाका शासक किम जोंग उनको एक शानदार पत्र मिलेको बताएका छन् । पत्रपछि ट्रम्पले एकपटक पुनः उत्तर कोरियासँग वार्ता गर्ने इच्छा व्यक्त गरेका छन् ।

स्मरणीय छ, एक महिना पहिला उत्तर कोरियाले मिसाइल परीक्षणपछि ट्रम्पले क्रुद्ध हुँदै किम वार्ताका लागि इच्छुक नभएको बताएका थिए । गत महिना उत्तर कोरियाले लामो दूरीको मिसाइलको परीक्षण गरेका थिए । यसक्रममा किम आफैं परीक्षण हेर्नका लागि आफैं उपस्थित थिए । अमेरिका र दक्षिण कोरियाले उक्त परीक्षणको पुष्टि गरिसकेका छन् । यद्यपि, ट्रम्पले मंगलबार उक्त घटनाक्रमलाई बेवास्ता गर्दै किमसँग वार्ता जारी रहने बताएका छन् । उनले आफ्नो लागि यो कुरा महत्वपूर्ण रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले किमले पत्रमा के लेखेका छन् भन्नेबारे भने केही खुलाएका छैनन् । तर, उनले किमसँग तेस्रो वार्ताका लागि रुचि देखाएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘तेस्रोपटक पनि भेट हुनसक्छ । तर माहौल ठिक हुनु जरुरी छ । उत्तर कोरिया तयार छ भने हामी पनि तयार छौं ।’ अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टन पनि दुई नेताबीच हुनसक्ने तेस्रो भेटको समर्थन गर्दछन् ।

उत्तर कोरियाको तर्फबाट मिसाइल परीक्षणका लागि अमेरिकाले आर्थिक प्रतिबन्धको हवाला दिएर उसको एक कार्गो जहाज जफत गरेको छ । यसपछि उत्तर कोरियाले अमेरिकालाई गुण्डाको संज्ञा दिएको थियो । संयुक्त राष्ट्रलाई लेखेको एक पत्रमा किम प्रशासनले भनेको थियो, ‘यूएन सेक्रेटरी जनरलले अमेरिकी दादागिरीको मुद्दा आफ्नो मञ्चमा उठाउनुपर्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।